बिहीबार, जेठ ५ २०७९
काठमाडौं २३:१९
वासिङटन डिसी 13:34

खोलाले बगाएर बेपत्ता

इनेप्लिज २०७२ साउन ३२ गते ४:५९ मा प्रकाशित

जाजरकोट, ३२ साउन । जाजरकोट खलङ्गा–९ खहरेकी ६० वर्षीया पार्वती सुनार आइतबार बेलुका होलुखोलामा बगेर वेपत्ता हुनु भएको छ ।

जङ्गलबाट घाँस काटेर फर्कने क्रममा पार्वती चिप्लिएर होलुखोलामा पर्दा बेपत्ता भएको उहाँकी छोरी मुना सुनारलाई उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दानबहादुर मल्लले बताउनुभयो ।

बेपत्ता पार्वतीको अस्थायी प्रहरीविट र गाउँले खोजी कार्य जारी राखेको मल्लले बताउनुभयो ।

प्रतिक्रिया