पाँच महिनादेखि विद्युत ट्रान्सफर्मर बिग्रिँदा अध्यारोमा बस्न बाध्य

इनेप्लिज २०७२ साउन ३२ गते ४:१४ मा प्रकाशित

transfurmar1सप्तरी, ३२ साउन । विगत पाँच महिनादेखि सप्तरीको धनगढीमा विद्युत् ट्रान्सफर्मर बिग्रिँदा स्थानीयवासी अध्यारोमा बस्न बाध्य भएका छन् ।

विद्युत् ट्रान्सफर्मर बिग्रिएपछि त्यहाँको करिब ३०० घर परिवार अध्यारोमा बस्न बाध्य रहेको स्थानीय सञ्चारकर्मी वीरेन्द्र साहले जानकारी दिनुभयो ।

सो बस्तीमा ५० केभिको एउटा मात्र ट्रान्सफर्मर रहेकाले विद्युत् नहँुदा यहाँ दुई वटा मिलसमेत बन्द भएको बताइएको छ ।

मिल बन्द भएपछि धान कुटाउन र गहुँ पिसाउनमा समस्या हुनुका साथै मोबाइलसमेत चार्ज गर्न अन्तै जानुपर्ने बाध्य रहेको र त्यहाँबाट सदरमुकाम राजविराजसम्म कुनै घटनाको समाचार सम्प्रेसन गर्नसमेत समस्या भइरहेको सञ्चारकर्मी साहले गुनासो गर्नुभयो ।

बिग्रेको ट्रान्सफर्मरबारे विद्युत् प्राधिकरण उपकेन्द्र रुपनीलाई पटकपटक जानकारी गराए पनि हालसम्म विद्युत् ट्रान्सफर्मर मर्मत नहँुदा सो गाविसका बासिन्दा अध्यारोमा बस्न बाध्य रहेको अर्का स्थानीय रवीन्द्र साहले बताउनु भयो ।
स्थानीयले भने यहाँ क्षमताभन्दा बढी घरधुरी बढेको हुनाले अब १०० केभिको ट्रान्सफर्मर दिन नेपाल विद्युत प्राधिकरणसक्षग माग गरेका छन् ।

यसैबीच बिग्रेको ट्रान्सफर्मरलाई मर्मतका लागि पठाएको र बनेपछि सो ठाउँमा पुनः छिट्टै नै ट्रान्सफर्मर लगाइने विद्युत प्राधिकरण राजविराजले जनाएको छ ।

प्रतिक्रिया