लण्डन ३२ साउन । फार्नबरो स्थित सामयुल कोडी स्कुलको हलमा लण्डनबाट प्रसारित हुने गोर्खा च्यानल टिभीले गैर आवासीय नेपाली संघ एनआरएन बेलायतको उम्मेदवारहरु विच सार्वजनिक बहसको आयोजना भव्यरुपमा सम्पन्न गरे ।
एनआरएन बेलायतको आगामी निर्वाचनमा अध्यक्षका प्रत्याशीहरु क्रमश विश्वासदिप तिगेला, योग फगामी र हिराधन राई त्यस्तैगरी उपाध्यक्षका प्रत्याशीहरु मास्टर राष्ट्र राई, कुमारी गुरुङ, र सनत गुरुङ, साथै सचिब पदका उम्मेदवार खुशी लिम्बु पनि उपस्थित रहनु भएको थियो । प्रत्याशी उम्मेदवारहरुले आ–आफ्नो चुनाबी प्रतिवद्घता, उम्मेदवार हुनको कारण र आफनो योजनाहरु व्यतm गरेका थिए ।
उतm कार्यक्रम सौहार्द पुर्व वातावरणमा सम्पन्न भएको भन्दै करिब एक सयको हाराहारीमा उपस्थित सर्वसाधारणहरुले चासो पुर्वक आफनो जिज्ञासा उम्मेदवारहरु माँझ राखेका थिए । बहस कार्यक्रमलाई गोर्खा च्यानल प्रस्तोता विमला सेने र रेडियो राईनोले प्रत्यक्ष प्रसारण गरेको कार्यक्रमलाई ज्यादै उपयोगी र महत्वपुर्ण रहेको सहभागीहरुले बताए ।
एनआरएन बेलायतभित्र चलखेल गर्ने आफनै झुण्डको पत्रकारहरुले झुटो समाचार छाप्दै बहस कार्यक्रमलाई बिथोल्न खोजेको नाम नखुलाउने सर्तमा एक उपस्थित सहभागीले खुलासा गदै उनले भने त्यस्ता अनैतिक क्रियाकलाप ,अबैधानिक कार्य र झुटो समाचार सप्रेसन गर्ने एनआरएन बेलायतका पदाधिकारीहरु र पत्रकारलाई कारबाही गर्ने बताए ।
केहि अवसरवादीहरुको कारणले गर्दा संसारको आँखा अगाडी हामी बेलायतबासीहरुले बैज्जती सहनु परेको दुखेसा पोखे । तिनीहरुलाई समाजबाट लखेटेर लण्डनको थेम्स नदिमा बगाउदै अब बेलायत समुदायमा “ हाम्रोलाई हैन राम्रोलाई ” आगमी १३ सेप्टेम्बर हुने छैटौं अबिधेशनमा आफनो अमुल्य मत दिएर विजय गराउन आग्रह गरे ।
प्रतिक्रिया