लस-एन्जलसका प्रजातन्त्रवादी नेपालीहरुको ध्यान काँग्रेसको आसन्न महाधिबेशन तर्फ

इनेप्लिज २०७२ साउन ३२ गते १:२९ मा प्रकाशित

FullSizeRender (3)लस-एन्जलस । नेपाली काँग्रेसको आसन्न महाधिबेशनको पूर्व सन्ध्यामा दक्षिण क्यालिफोर्नियाका काँग्रेस समर्थकहरुले आफ्ना प्रतिनिधि चयनका लागि नामहरु सिफारिस गर्दै मुलुककै सबै भन्दा पुरानो प्रजातान्त्रिक पार्टीको नेतृत्व चयन प्रक्रियामा आफ्नो सरोकार र चासो प्रकट गरेका छन् । सनिबार काँग्रेस निकट जनसम्पर्क समिति लस-एन्जलस च्याप्टरले स्थानिय सेरीटोस सहरमा आयोजना गरेको भेलामा माउ पार्टी काँग्रेसको आसन्न महाधिबेशनमा दक्षिण क्यालिफोर्नियाका काँग्रेस समर्थकहरुका तर्फबाट महाधिबेशन प्रतिनिधिमा प्रतिनिधित्व गराउने पर्ने माग सहित चर्चित विद्यार्थी नेत्री टिका चौधरीलाई महाधिबेशन प्रतिनिधिमा सर्वसम्मत महिला प्रतिनिधिको रुपमा सिफारिश गरेका छन् भने महाधिबेशन प्रतिनिधिका लागि अन्य नाम हरुमा क्रमश: मुकुन्द ढुंगाना र हेमराज भट्टको नाम समेत सिफारिस गरेका छन् । यसै गरि जनसम्पर्क समिति अमेरिकाको सल्लाहकारमा पुराना विद्यार्थी नेत्री उर्मिला पंजियार र चर्चित मजदुर नेता रामचन्द्र लामिछानेको नाम सिफारसि गरेका छन् । यसै गरि समितिको रिक्त केन्द्रिय सदस्यमा नबिन पोखरेलको नाम  सिफारिस गरिएको छ भने बिभागहरुमा जगदीश कोइराला ‘ज्याक’ र सुरज मिश्रको नाम सिफारिस गरिएको छ । भेलाले मातृभूमिको संबिधान निर्माण प्रक्रिया समाप्त भय लगत्तै जननायक बिपी कोइरालाको राजनीतिक दर्शन प्रजातान्त्रिक समाजबादका राजनीतिक दर्शनलाई नेपाली अमेरिकन माझ प्रशिक्षित गर्ने उद्देश्यले बृहद अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ । भेलामा सहभागी चर्चित विद्यार्थी नेत्री टिका चौधरीले नेपाल राष्ट्रलाई जहानिया राणा सासन देखि राजाको सासनबाट मुक्त गर्ने नेपाली काँग्रेसकै सरकारले संबिधान निर्माण अन्तिम चरणमा पुर्याएको हुँदा आसन्न महाधिबेशन प्रवासमा रहेका सम्पूर्ण प्रजातन्त्रबादी नेपालीको चासोको विषय भएको बताइन । जनसम्पर्क समिति लस-एन्जलस च्याप्टरका सभापति मदन पाठकले अमेरिका विश्वको शक्तिशाली प्रजातान्त्रिक मुलुक भएकोले अमेरिकामा बस्ने सम्पूर्ण प्रजातन्त्रबादी नेपालीले संगठित हुँदै नेपाली अमेरिकनको आर्थिक, सामाजिक र राजनीतिक सामाजिकीकरणमा योगदान दिन सक्ने बताए । ट्रेड युनियन काँग्रेसका नेता रामचन्द्र लामिछानेले मुलुकलाई हत्या, हिँसा र ध्वंसले दिगभ्रमित पार्ने कम्युनिष्टहरुकै कारण मातृभुमिले यो दुर्गति व्यहोर्नु परेको बताउदै मुलुकलाई हरेक संकटबाट पार लाउदै संबिधान निर्माणको अन्तिम चरणमा पुर्याउने नेपाली काँग्रेस मात्रै भएको दावी गरे । भेला जनसम्पर्क समितिका केन्द्रिय सदस्य गोकुल ढकालको उपस्थितिमा लस-एन्जलस च्याप्टरका सभापति मदन पाठकको अध्यक्षतामा सम्पन्न भएको थियो  । भेलाको संचालन समितिका महासचिव गंगा बस्नेतले संचालन गरेका थिए भने पुराना काँग्रेस उर्मिला पंजियार र मुकुन्द ढुंगानाको समेत भेलामा उपस्थिति रहेको थियो ।

प्रतिक्रिया