बन्दकर्ताले तीनवटा गाडी जलाए, एकको मृत्यु
इनेप्लिज
२०७२ साउन ३१ गते १०:५१ मा प्रकाशित
परासी, ३१ साउन । नवलपरासीको बासाबसहीमा बन्दकर्ताहरुले आज बिहान तीनवटा गाडी जलाएका छन् । पूर्वपश्चिम राजमार्गअन्तर्गत बर्दघाट–सुनवल सडकखण्डको तिलकपुरको तुलसीनगरमा बन्दकर्ताले दुईवटा ट्रक र एक पिकअप भ्यान जलाएका हुन् ।
बन्दकर्ताले ना३ख ६९२६ नं को ट्रक र बा१०च ३३१३ नंको
पिकअप भ्यान र नम्बर नखुलेको एक ट्रकसहित तीनवटा गाडी जलाएका छन् ।
त्यसैगरी बन्दकै क्रममा गाडी पल्टिँदा नम्बर नखुलेको ट्रकका चालक रविलाल गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।
नवलपरासीमा लगातार एक सातादेखि थरुहट मधेसी संयुक्त सङ्घर्ष समितिले बन्द आह्वान गरेका छन् ।
न्यूयोर्कको ब्रुकलिन अर्ध म्याराथनमा लडेर धावकको मृत्यु
भारतले रुसलाई एक्लो पार्ने दबाबको प्रतिरोध गरेपछि बाइडेनले मोदीसँग व्यक्तिगत रूपमा भेट गर्ने
क्यालिफोर्नियामा एक भोजमा गोली चल्दा १ जनाको मृत्यु, ८ घाइते
युएस-नेपाल पोलिसी रिसर्च सेन्टरको सातौं वार्षिक सम्मेलन सम्पन्न
अमेरिकाको इन्डियानामा ‘लक्षित’ गोलाबारीमा २ जनाको मृत्यु, ३ जना घाइते
प्रतिक्रिया