दशनामी समाज महिला समितिमा जुलुम

इनेप्लिज २०७२ साउन ३१ गते ४:३८ मा प्रकाशित

भक्तपुर, ३१ साउन । नेपाल दशनामी समाज केन्द्रीय कार्यसमितिले नेपाल दशनामी महिला केन्द्रीय कार्यसमिति गठन गरेको छ ।

समितिका अध्यक्ष रञ्जनकुमार गिरीको अध्यक्षतामा शनिबार बसेको समाजको बैठकले जुलुम गिरी संयोजकत्वमा गठन गरेको १९ सदस्यीय महिला समितिका उपसंयोजकद्वयमा कल्पना गिरी (भक्तपुर) र शारदा गिरी (कास्की), सचिवमा कमला गिरी (धादिङ), कोषाध्यक्षमा रञ्जिता गिरी (काठमाडौँ) र सहसचिवमा सुष्मा गिरी (काठमाडौँ) रहनुभएको छ ।

समितिका सदस्यमा रितु गिरी (चितवन), लक्ष्मी पुरी (काठमाडौँ र नवलपरासी), दिलुवन भारती (मोरङ), तेजुकमारी पुरी (पर्वत), मीना गिरी (ललितपुर), जमुना गिरी (भेरी), लक्ष्मी गिरी (राप्ती), शान्ति गिरी (सिन्धुपाल्चोक), शान्ता गिरी (बागलुङ), तारादेवी गिरी (कञ्चनपुर), जानकी गिरी (दार्चुला), र ललिता गिरी (सिन्धुली) हुनुुहुन्छ ।

प्रतिक्रिया