एकसठ्ठी बन्दकर्ता पक्राउ
काठमाडौँ, ३१ साउन । बन्द गराउँदै हिँडेका एकसठ्ठी जनालाई राजधानीका विभिन्न स्थानबाट आज बिहान प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सङ्घीय समाजवादी फोरम नेपालका उपाध्यक्ष राजेन्द्र श्रेष्ठलगायत नेता कार्यकर्ता रहेको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक विश्वराज पोखरेलले जानकारी दिनुभयो ।
तीमध्ये पाँच जना तोडफोडमा संलग्न भएकै अवस्थामा थिए । त्यस्तै बल्खुबाट आठ जना प्रदर्शनकारी पक्राउ परेको प्रहरी नायब निरीक्षक अम्बरबहादुर रावलले जानकारी दिनुभयो । बन्दकर्ताले राजधानीमा दुई बस तोडफोड गरेका छन् । त्यस्तै पत्रकार ऋषि धमला चढेको बा५च ४७७८ नंको कारमा पनि बन्दकर्ताले आक्रमण गरेका छन् ।
‘नेपालवाणी’ एफएम कार्यालयबाट फर्कने क्रममा वीर अस्पताल अगाडि आफ्नो सवारीसाधनमाथि आक्रमण भएको उहाँले राससलाई जानकारी दिनुभयो ।
संविधानको मस्यौदाप्रति विरोध जनाउँदै नेकपा–माओवादीसहित मधेस र जनजातिकेन्द्रित पार्टीले संयुक्त रुपमा आयोजना गरेको बन्दले जनजीवन प्रभावित भएको छ ।
क्यालिफोर्नियामा नेपाली मूलकी होनहार युवती मनसुन पाण्डेको अल्पायुमै निधन
न त मलाई कुर भन्न सके,नत उनलाई अन्तै घरजम गर भन्न सके
बाल्टिमोरमा नेपालीले संचालन गरेको नेपाली सरसामान पाइने थोक व्यवसाय यत्र तत्र सर्वत्र चर्चा
अमेरिकी नेपाली: इँजार चुढिएको सुरुवाल जस्तो
नेपाल अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव कार्यक्रममा लिइएका तस्बिरहरु – तस्बिर :राजीव श्रेष्ठ
साधारण सभाको लागि रजिस्ट्रेशन गर्ने बारे ..।
अमेरिकामा बिगत २४ घण्टामा कोभिड-१९ बाट १ लाख ८ हजार संक्रमित ,३७७ जनाको मृत्यु
भर्जिनियामा बच्चालाई गाडीमा छोड्दा बच्चाको मृत्यु ,केही घण्टा पछि बाबुले आत्महत्या गरे
अमेरिकाको टेक्ससराज्यमा मानव तस्करीको घटनामा सवारी साधन भित्र ४६ जना आप्रवासी मृत अवस्थामा फेला
अमेरिकी राष्ट्रपति वाइडेनसँग राजदूत खत्रीको अर्थपूर्ण भेट
प्रतिक्रिया