मंगलबार, असार ८ २०७८
काठमाडौं ११:०५
वासिङटन डिसी 01:20

गोली हानी हत्या

इनेप्लिज २०७२ साउन ३१ गते ३:१७ मा प्रकाशित

Gun Show Held At Pima County Fairgroundsगौशाला, ३१ साउन । महोत्तरी जिल्लाको गौशाला नगरपालिका–७ स्थित नेपाल बैंक लिमिटेडमा कार्यरत चौकीदारले आपसी विवादमा गए राति आफ्नै सहकर्मीको गोली हानी हत्या गरेको अभियोग लगाइएको छ ।

सुन्दरपुर–९ बस्ने ४४ वर्षीय चौकीदार महेश्वर झाको गोली हानी हत्या भएको इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक मच्छेन्द्र केसीले बताउनुभयो । बैंकका सुरक्षामा खटिएका सर्लाही सुदामा–६ बस्ने ४५ वर्षीय अजय सिंहले आफूसँगै सुरक्षा दिइरहेका साथी झामाथि गोली प्रहार गरेको अभियोग लगाइएको छ ।

घटनापछि अभियुक्त सिंह फरार छन् । झाको शव परीक्षणका लागि जिल्ला अस्पताल जलेश्वरमा लैजाने तयारी र अभियुक्तको खोजी भइरहेको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ ।

प्रतिक्रिया