बन्दका कारण जनजीवन प्रभावित

इनेप्लिज २०७२ साउन ३१ गते ३:११ मा प्रकाशित

Bandaसप्तरी, ३१ साउन । ‘समग्र मधेस एक प्रदेश’को माग गर्दै मधेसी मोर्चासहितका दलले आह्वान गरेको दुईदिने आमहडतालको आज पहिलो दिन बिहानैदेखि यहाँको जनजीवन प्रभावित भएको छ ।

सङ्घीय समाजवादी फोरम नेपाल, स्भावना पार्टी, तराई–मधेस लोकतान्त्रिक पार्टी र नेकपा–माओवादीलगायत विभिन्न दलका कार्यकर्ताले पूर्वपश्चिम राजमार्गका विभिन्न ठाउँमा बसी सडक बन्द गराएका छन् ।

बन्दका कारण राजविराजबाट छुट्ने लामो तथा छोटो दूरीका सवारी साधन चल्न सकेका छैनन् भने कलकारखाना, उद्योग, बजार पसल, शिक्षण संस्थासमेत बन्द छन् ।

प्रतिक्रिया