एम्बुलेन्स सहयोग
बाबियाचौर(म्याग्दी), ३१ साउन । फोर्स मोटर्स कम्पनीले एम्बुलेन्स सेवा सञ्चालन गर्न लायन्स क्लबमार्फत शनिबार एक जिप उपलब्ध गराएको छ ।
बेनीस्थित लायन्स कल्ब अफ बेनी, बेनी सिटी, बेनी दोभानी र लियो क्लब अझ म्याग्दीले उक्त एम्बुलेन्स एकीकृत एम्बुलेन्स सञ्चालक समितिलाई हस्तान्तरण गरेका हुन् ।
प्रजिअ सागरमणि पाठकले उक्त एम्बुलेन्सको उद्घाटन गर्नुभएको थियो । नयाँ एम्बुलेन्स थपिएपछि म्याग्दीका बिरामीलाई थप सहज हुने अपेक्षा गरिएको एम्बुलेन्स सञ्चालक समितिका संयोजक अमर बानियाँले बताउनुभयो ।
म्याग्दीमा सञ्चालित सबै एम्बुलेन्सको व्यवस्थित र प्रभावकारी रुपमा सञ्चालन गर्न सरकारको नियमानुसार केही दिनअघि नेपाल रेडक्रस सोसाइटी म्याग्दीका मन्त्री बानियाँको संयोजकत्वमा समिति गठन गरिएको थियो ।
यसअघि म्याग्दीमा मोना युकेले उपलब्ध गराएको तीन एम्बुलेन्स नेपाल रेडक्रस सोसाइटीमार्फत र एक जिल्ला स्वास्थ्य कार्यालय म्याग्दीअन्तर्गत सञ्चालन हुँदै आएको थियो ।
जापानमा बस्ने नेपालीले रेडक्रस सोसाइटीलाई उपलब्ध गराएको भूपू सैनिक कल्याणकारी सङ्घअन्तर्गतको एम्बुलेन्स भने बन्द अवस्थामा छ ।
क्यालिफोर्नियामा नेपाली मूलकी होनहार युवती मनसुन पाण्डेको अल्पायुमै निधन
न त मलाई कुर भन्न सके,नत उनलाई अन्तै घरजम गर भन्न सके
बाल्टिमोरमा नेपालीले संचालन गरेको नेपाली सरसामान पाइने थोक व्यवसाय यत्र तत्र सर्वत्र चर्चा
अमेरिकी नेपाली: इँजार चुढिएको सुरुवाल जस्तो
नेपाल अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव कार्यक्रममा लिइएका तस्बिरहरु – तस्बिर :राजीव श्रेष्ठ
साधारण सभाको लागि रजिस्ट्रेशन गर्ने बारे ..।
अमेरिकामा बिगत २४ घण्टामा कोभिड-१९ बाट १ लाख ८ हजार संक्रमित ,३७७ जनाको मृत्यु
भर्जिनियामा बच्चालाई गाडीमा छोड्दा बच्चाको मृत्यु ,केही घण्टा पछि बाबुले आत्महत्या गरे
अमेरिकाको टेक्ससराज्यमा मानव तस्करीको घटनामा सवारी साधन भित्र ४६ जना आप्रवासी मृत अवस्थामा फेला
अमेरिकी राष्ट्रपति वाइडेनसँग राजदूत खत्रीको अर्थपूर्ण भेट
प्रतिक्रिया