डिसीमा नेपालको संविधान मस्यौदा सम्बन्धी बहस

इनेप्लिज २०७२ साउन ३० गते १९:५६ मा प्रकाशित

IMG_1302

अमेरिकाको डिसी महानगर क्षेत्रको भर्जिनियाको फल्स चर्चको एक पुस्तकालयमा नेपालको निर्माणाधिन संबिधान मसौदा सम्बन्धि तातो बहस भव्यताको साथ सम्पन्न भएको छ l

केहि समय अगाडी नेपालका प्रमुख ४ दलले ८ प्रदेशमा सहमति भएको जानकारी भएको लगतै पुन दोश्रो पटक बसेको बैठकले ६ प्रदेश मात्रमा सह्मति भएको घोषणा लगतै देश भर बिरोध ,बन्द ,तोडफोड ,आगजनीले मुलुकलाई ठुलो द्वन्दमा फसाएको छ l

अब श्रावण ३१ गते संबिधान बन्ने हो कि हैन भन्ने बिषय मै शंका तथा उप शंका उब्जेको छ l द्वन्द झन् चर्किदो अवस्थामा छ l सडक देखि संसद सम्म बिरोधका चर्का स्वरहरु गुन्जायमान भै रहेको छ l

यसै बिषयमा केन्द्रित गर्दै र त्यहि सेरोफेरोमा रही वक्ताहरुले आ-आफ्ना धारणा राख्ने र नेपाल सरकारलाई ध्यानाकर्षण गराउने उदेस्यले आयोजना गरिएको कार्यक्रममा अमेरिका नेपाल सोसाइटीका पुर्व अध्यक्ष खेम भट्टचनले कार्यक्रम किन गरिएको हो भन्ने बारेमा जानकारी दिएका थिए l यसै गरि भट्टचनले बिभिन्न वक्ताहरुको संक्षिप्त परिचय दिएका थिए भने स्वागत मन्तब्य संचार कर्मी विजय थापाले गरेका थिए l

IMG_1321

बोस्टन हार्वर्ड बिश्व बिद्यालयका प्राध्यापक शिव गौतमले संबिधान बनाउनु जटिल बिषय हो भन्दै नेपालका नेता संग आफ्नो कुनै चिनजान छैन l मैले केहि सुझाब राखेको छैन र कसैले पनि आफु संग सम्पर्क नगरेको बताए l सबैलाई स्वीकृत हुने संबिधान कहिले बन्दैन भने l र उनले अन्त्यमा जनता र नेता बीच लेन देन हुने र बन्ने कुरामा बिश्वस्त भएको बताए l

डा ठाकुर पुडासैनीले उक्त कार्यक्रममा विचार व्यक्त गर्दै हामीले दिएका सुझाब र सल्लाह नेपालका राजनीति दलले मान्ने या नमान्ने बारेमा कतिको मान्दछन l अब संबिधान बनाउन समय खेर फाल्नु हुदैन भन्दै संबिधान छिटो आउनु पर्ने भन्दै आग्रह गरे l

अर्का वक्ता डिसी नेपालका संचालक डा राम हरि सुबेदीले संबिधानको अध्ययनको क्रममा शक्ति हिस्सा बारेमा ज्यादा उल्लेख भएको पाएको बताए l डा सुबेदीले बन्द हड्ताल आदि ईत्यादिमा अल्झन हुदैन भन्दै अब संबिधान चाडो जारी गर्नु पर्ने कुरामा जोड दिए l अहिलेको संबिधानले सूचना तथा प्रबिधि लाई पनि समाबेश गर्नु पर्ने कुरामा जोड दिए l

IMG_1312

डा गोपी उप्रेतीले आफु कुनै राजनीतिज्ञ तथा बिज्ञ हैन भन्दै आफु देशको एक साधारण व्यक्ति हो भन्दै सबैले मान्न र स्वीकृत हुने प्रकारको संबिधान बन्नु पर्यो l डा उप्रेतीले अहिलको संबिधान सकरात्मक तथा धेरै राम्रो लागेको बताए भने थारुहटको मांग जाएज लागेकोले त्यो कुराको सम्बोधन हुनु पर्ने विचार राखेका थिए l

अमेरिकाको भ्रमणमा आउनु भएका डा हरि बंश झा ले ईतिहास हेर्ने हो भने संबिधान बिशेष जातिको लागि बनाइएको देखिएको थियो भने l एक बिशेष वर्गहरुको हातमा संबिधान थियो त्यसैले यो आवाज आएको हो बताए l जनताका आंकाक्षालाई सम्बोधन गर्न सकेन भने आउने संबिधान ६ बर्ष सम्म पनि टिक्ने छैन भनि भबिष्यवाणी गरे l

c

अर्का वक्ता इंटाका प्रतिनिधि विजय सिंहले जनता आक्रोश छन् l यसको जड लाई नहटाए सम्म संबिधान नटिक्ने बताए l पहिचानको सम्बन्धमा २ लाख बर्ष अगाडी त्यहि सीता जनकपुरमा जन्मेको हुन् र उनकै संस्कृतिलाई हामीले प्रवर्धन गरि रहेका छौ l यसमा हामीले गर्व गर्नु पर्छ भने l

डिबि सागर बिश्वकर्माले सडकमा किन आगो बलेको छ l राज्यले किन दमन गरि रहेको छ भन्ने कुराको उल्लेख गर्दै शक्तिलाई विकेन्द्रीकरण अपरिहार्यता भएको आफुलाई लागेको बताए l सबैलाई समाहित र सम्बोधन हुने प्रकार संबिधान आउनु पर्ने भन्दै वक्तामा एक जना पनि महिला नभएकोमा ध्यानाकर्षण गराएका थिए l

फिप्नाका अध्यक्ष लुई साङ्ग वाईबा पुर्व वक्ताहरुको सुन्न पाएकोमा हर्ष लागेको बताउदै अति द्रुतगतिमा बनि रहेको संबिधानको बिरोध रहेको बताए l बनि रहेको संबिधान पूर्ण षड्यंत्र हो भन्दै संघियता तथा पहिचानको सवालमा आफ्ना धारणा राखेका थिए l

धन्यवाद ज्ञापन डा ठाकुर पुदशैनी पुडासैनीले गरेका थिए भने डा गोपी उप्रेतीले कार्यक्रमको सार बताएका थिए l

IMG_1316

प्रतिक्रिया