पोखरीमा डुबेर बालकको मृत्यु

इनेप्लिज २०७२ साउन ३० गते १५:३६ मा प्रकाशित

Pondसप्तरी, ३० साउन । सप्तरीको कञ्चरुप नगगरपालिका–२ स्थित पोखरीमा आज डुबेर एक बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीयवासी देवेन्द्र रामको चार वर्षीय छोरा सुरजकुमार राम रहेको प्रहरीले जनाएको छ । घरमा कोही नभएको बेला घरनजिकै रहेको पोखरीमा बालक खेल्दाखेल्दै डुबेको स्थानीयवासीले जनाएको छ ।

शवलाई परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिँह सगरमाथा अञ्चल अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

यस्तै दुई दिनअगाडि पनि सप्तरीकै सप्तकोसी नगरपालिकामा दुईजना बालकको डुबेर मृत्यु भएको थियो ।

प्रतिक्रिया