चार पत्रकार पुरस्कृत

इनेप्लिज २०७२ साउन ३० गते १५:३७ मा प्रकाशित

DSC_0110

पथरी,साउन ३० गते।
सञ्चार क्लव उर्लाबारीले आज ४ जना पत्रकारलाई पुरस्कृत गरेको छ । ‘लीला–गोमा स्मृति पत्रकारिता पुरस्कार’बाट पुरस्कृत हुनेमा वीवीसी नेपाली सेवाकी सीता मादेम्वालाई कृयासिल पत्रकार पुरस्कृत, र उदयमान पत्रकार पुरस्कृत पाथीभरा साप्ताहिकका ईश्वरी भट्टराईलाई प्रदान गरियो । त्यस्तै ‘दाताराम–पद्मावती स्मृति पुरस्कारबाट प्रतिदिन दैनिकका रुपेन्द्र शेर्मा र राष्ट्रिय समाचारपत्र दैनिकका ज्योति चौहान रहेका छन् । क्लवका संंस्थापक अध्यक्ष दुर्गाप्रसाद खतिवडाले आफ्ना स्वर्गीय वुवा आमाको नाममा स्थापना गरेको ‘दाताराम–पद्मावती स्मृति पुरस्कारबाट शेर्मा र चौहान पुरस्कृत भएका हुन् भने ‘लीला–गोमा स्मृति पत्रकारिता पुरस्कार’बाट मादेम्वा र भट्टराई पुरस्कृत भएका हुन् । लीला गोमा पुरस्कार क्लवका सल्लाहकार जयधर्म आचार्यले आफ्नी आमा र पत्नीको नाममा स्थापना गर्नुु भएको हो । चार वटै पुरस्कारको राशि ५÷५ हजार रुपैयाँ र प्रमाणपत्र रहेको छ । क्लवको १२ औं साधारण सभाका अवशरमा आज नेपाल पत्रकार महासंघका पूर्वाञ्चल सह संयोजक गणेश लम्सालले पुरस्कार प्रदान गर्नुभयो ।DSC_0124DSC_0127भारतीय स्वतन्त्रता संग्रामका अगुवा महात्मा गान्धीले प्रतिपादन गरेको अहिंसा, शान्ति र सहिष्णुताको अपब्याख्या हुदाँ देशमा हिंसा सुरु भएको यहाँ आयोजित एक कार्यक्रमका वक्ताहरूले बताएका छन् । मोरङको इटहरामा महात्मा गान्धी अध्ययन केन्द्रले आज आयोजना गरेका महात्मा गान्धीका चिन्तनको सान्दर्भिकता विषयक विचार गोष्ठीका वक्ताहरूले यस्तो बताएका हुन् । मदन भण्डारी स्मृति प्रतिष्ठान उर्लाबारीका संस्थापक अध्यक्ष प्रा.डा. गोपालप्रसाद भण्डारीले गान्धीवाद अनुशरण गर्न नसक्दा नेपाल जस्ता अल्प विकशित राष्ट्रहरू ठूला–ठूला हिंसा हुने गरेको बताउनु भयो । भण्डारीले शान्ति र अहिंसालाई आत्मसाथ गर्न सके मानव स्वत स्फुर्त रुपमा स्वाभलम्वी हुँदै जाने बताउनु भयो । उहाँले गान्धीवादलाई समय अनुसार ब्याख्या गर्दै जानु पर्ने बताउनु भयो । इटहरा बहुमुखी क्याम्पसका प्रमुख टेकेन्द्रबहादुर पोमुले गान्धीका विचारहरूलाई अनुशरण गर्न सके तोकिएकै समयमा संविधान जारी हुने बताउनु भयो । उहाँल ेभन्नुभयो – नेपालमा भएका हरेक आन्दोलनमा हजारौं नेपालीले बलिदानी दिएका छन् । तर बलिदानीले मात्र समाज र मुलुक रुपान्तरण हुन सक्दैन् । उहाँले गान्धीको अहिंसावादी आन्दोलनबाट पनि भारत स्वतन्त्र हुन सकेको चर्चा गर्नुभयो । अध्ययन केन्द्रका संयोजक युवराज पौडेलको सभापतित्वमा भएको कार्यक्रममाअखिल नेपाल किसान संघ केन्द्रीय सचिवालय सदस्य सावित्रा रेग्मी, कान्तिपुर इन्टरनेशनल कलेजका उप प्रा नरेन्द्र बस्नेत, पत्रकार हरि कोइराला र चेतन अधिकारी लगायतले बोल्नु भएको थियो ।

प्रतिक्रिया