वार्ताद्वारा समस्या समाधान गर्न मन्त्री डा. रिजालद्वारा आह्वान
विराटनगर, ३० साउन । सूचना तथा सञ्चारमन्त्री डा मीनेन्द्र रिजालले आन्दोलन गर्नुभन्दा चित्त नबुझेका विषयमा संविधानसभाभित्र र बाहिर रहेका दललाई वार्ताद्वारा समस्या समाधान गर्न आह्वान गर्नुभएको छ ।
विराटनगर विमानस्थलमा आज साँझ पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै उहाँले अन्तिम मस्यौंदासम्म परिमार्जन गर्न सकिने र संविधान जारी भएपछि पनि नयाँ संविधानमा संशोधनको व्यवस्था रहने जानकारी गराउनुभयो ।
नेपाली काँग्रेसका केन्द्रीय सदस्यसमेत रहनुभएका उहाँले केही विषयमा नेपाली काँग्रेसको पनि चित्त नबुझेको उल्लेख गर्दै सवैको भावनालाई समेटेर संविधान बनाउनुपर्ने भएकाले सवैले केही न केही छोड्नुपर्ने स्पष्ट पार्नुभयो ।
उहाँले संविधान जारी गर्ने समय र नेपाली काँग्रेसको महाधिवेशनको तिथि पनि ठयाक्कै एकैपटक परेकाले महाधिवेशन हुने नहुने दुविधाको अवस्था सिर्जना भएको उल्लेख गर्नुभयो ।
क्यालिफोर्नियामा नेपाली मूलकी होनहार युवती मनसुन पाण्डेको अल्पायुमै निधन
न त मलाई कुर भन्न सके,नत उनलाई अन्तै घरजम गर भन्न सके
बाल्टिमोरमा नेपालीले संचालन गरेको नेपाली सरसामान पाइने थोक व्यवसाय यत्र तत्र सर्वत्र चर्चा
अमेरिकी नेपाली: इँजार चुढिएको सुरुवाल जस्तो
नेपाल अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव कार्यक्रममा लिइएका तस्बिरहरु – तस्बिर :राजीव श्रेष्ठ
साधारण सभाको लागि रजिस्ट्रेशन गर्ने बारे ..।
अमेरिकामा बिगत २४ घण्टामा कोभिड-१९ बाट १ लाख ८ हजार संक्रमित ,३७७ जनाको मृत्यु
भर्जिनियामा बच्चालाई गाडीमा छोड्दा बच्चाको मृत्यु ,केही घण्टा पछि बाबुले आत्महत्या गरे
अमेरिकाको टेक्ससराज्यमा मानव तस्करीको घटनामा सवारी साधन भित्र ४६ जना आप्रवासी मृत अवस्थामा फेला
अमेरिकी राष्ट्रपति वाइडेनसँग राजदूत खत्रीको अर्थपूर्ण भेट
प्रतिक्रिया