जाजरकोटमा पहिरोले घर पुर्‍यो, पाँचघर उच्च जोखिममा

इनेप्लिज २०७२ साउन ३० गते १५:२४ मा प्रकाशित

जाजरकोट, ३० साउन । जाजरकोटको खगेनकोट गाविस–८ काँडालुपानमा आज बिहान गएको पहिरोले हर्कबहादुर खत्रीको घर पुरिएको छ ।

घर पुरिँदा तीनवटा बाख्रा र दुईवटा भेडा मरेका छन् । घरभित्र रहेको सवै अन्न, भाँडाकुडा पुरिएको स्थानीय नारायण खत्रीले जानकारी दिनुभयो ।

पहिरोका कारण खत्रीको घरसँग जोडिएका अन्य पाँच घर उच्च जोखिममा परेका छन् । जोखिममा परेका घर छाडेर स्थानीयवासी छिमेकीको घरमा बसेको खत्रीले जानकारी दिनुभयो ।

प्रतिक्रिया