पक्राउ कार्यकर्ता रिहा गर्न माओवादीको माग

इनेप्लिज २०७२ साउन ३० गते १५:१८ मा प्रकाशित

काठमाडौँ, ३० साउन । नेकपा–माओवादीले केन्द्रीय सदस्य पार्वती थापासहित १४ जनालाई आज प्रहरीले पक्राउ गरेको भन्दै उनीहरुको तत्काल रिहाइको माग गरेको छ ।

माओवादी प्रवक्ता पम्फा भुसालले आज जारी गर्नुभएको विज्ञप्तिमा काठमाडौँ, ललितपुर र भक्तपुरका विभिन्न स्थानमा माइकिङ गरिरहेको अवस्थामा केन्द्रीय सदस्य थापासहित १४ जनालाई पक्राउ गरिएको उल्लेख छ ।

सरकारले शान्तिपूर्ण विरोध गर्न पाउने जनताको नैसर्गिक अधिकारमाथि कुठराघात गरेको माओवादीले आरोप लगाएको छ ।

प्रतिक्रिया