ताप्लेजुङका पहिरो पीडितलाई राहत वितरण

इनेप्लिज २०७२ साउन ३० गते ११:२५ मा प्रकाशित

ताप्लेजुङ, ३० साउन । ताप्लेजुङका ७५ घर पहिरो पीडित परिवारलाई चाँगे धर्ती आमा कोषले आज राहतस्वरुप नगद वितरण गरेको छ ।

चाँगे गाविसको दोभान बजारमा आयोजित कार्यक्रममा प्रति पीडितपरिवार रु १० हजार ६६५ का दरले राहत वितरण गरिएको कोषका सल्लाहकार मोहन निरौलाले जानकारी दिनुभयो ।

कोषले बेलायत, हङकङ, क्यानाडा, कुबेत र अमेरिकामा रहेका चाँगेवासीको सक्रियतामा त्यहाँ रहेका प्रवासी नेपालीबाट सङ्कलन गरिएको सो रकम आज वितरण गरेको हो ।

पश्चिमी ताप्लेजुङको खोक्लिङ, लिवाङ, थिङलावु, खाम्लुङ, सान्थाक्रा र लिङतेप गाविसमा गएको जेठ २७ गते राति आएको पहिरोमा परी ५९ जनाले ज्यान गुमाएका थिए भने ७५ घरपरिवार पूर्णरुपमा विस्थापित भएका थिए ।

प्रतिक्रिया