पहिरोपीडितका लागि दुई लाख सहयोग
इनेप्लिज
२०७२ साउन ३० गते २:५२ मा प्रकाशित
बेनी (म्याग्दी), ३० साउन । पश्चिम म्याग्दीको मुदी र मुना गाविसमा साउन १३ गतेको पहिरोका कारण मृत्यु भएका व्यक्तिका आफन्तको राहतका लागि मोना बेल्जियमले रु दुई लाख आर्थिक सहयोग गरेको छ ।
रोजगारीका लागि बेल्जियम गएका म्याग्देलीले पहिरोपीडितको राहतका लागि सङ्कलन गरेको रु दुई लाख शुक्रबार जिल्ला दैवी प्रकोप उद्धार समितिका संयोजक प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकलाई पठाएका छन् ।
मोना बेल्जियमका अध्यक्ष चन्द्रबहादुर कार्कीले भन्नुभयो “पहिरोमा परी मृत्यु भएकाको आफन्तलाई अलि कति भए पनि राहत पुगोस् भनेर हामीले आर्थिक सहयोग सङ्कलन गरी पठाएका हौँ ।”
अमेरिकाले युक्रेन राजधानी कीभमा दूतावास पुन: खोल्यो
बाइडेनद्वारा अमेरिकामा शिशुका आहार अभावलाई सम्बोधन गर्न रक्षा उत्पादन ऐन आह्वान
‘मेरो डान्स कप युएसएको’ चौथो संस्करण र ‘मेरो भ्वाइस कप युएसए’को दोस्रो संस्करण हुँदै
“कुन्ती मोक्तान साँझ “ को मिती परिबर्तन गरिएको बारे
अमेरिकी महिला भकुण्डो टोलीलाई पुरुष टोली सरह तलव दिने
प्रतिक्रिया