पाँच मन्त्रालयका शीर्षकमा छलफल सकियो, स्वास्थ्य वीमा ऐन ल्याउन माग

इनेप्लिज २०७२ साउन २८ गते १४:२९ मा प्रकाशित

laxLaf/ a;]sf] Joj:yflksf ;+;bdf ;xefuL ;ef;bx? . tl:a/ M /Tg >]i7, /f;; .काठमाडौँ, २८ साउन । व्यवस्थापिका संसद्को आजको बैठकमा “विनियोजन विधेयक, २०७२ अन्तर्गत विभिन्न पाँच मन्त्रालयका विभिन्न शीर्षमाथिका छलफल सकिएको छ ।

छलफलमा सांसद्हरूले स्वास्थ्य वीमा ऐन ल्याउन, मिर्गौला रोगी र महिलाको पाठेघरको रोगको निःशुल्क उपचारको व्यवस्था गर्न, राजदूतको नियुक्तिमा दलित समुदाय पनि समावेश गर्न, युवालाई परिवर्तनको संवाहकका रुपमा परिचालन गर्न, कर्मचारीको तलव वृद्धि गर्न, सुकुम्बासी, कमैया, कमलरी, हलियाजस्ता समस्याको दीर्घकालीन समाधान गर्न माग गर्नु भएको थियो ।

बैठकमा अर्थमन्त्री डा रामशरण महतका तर्फबाट परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले “विनियोजन विधेयक, २०७२ अन्तर्गत विभिन्न मन्त्रालयका विभिन्न शीर्षकमाथि छलफल प्रारम्भ गरियोस्” भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । बैठकमा विनियोजन विधेयक अन्तर्गत युवा तथा खेलकूद, भूमिसुधार तथा व्यवस्था, सामान्य प्रशासन, स्वास्थ्य तथा जनसङ्ख्या र परराष्ट्र मन्त्रालय माथि छलफल भएको थियो ।

छलफलमा सांसद्हरू हरिबोल गजुरेल, कल्पना चौधरी, डिम्पलकुमारी झा, दुर्गा पौडेल, जनकराज जोशी, मोहनकुमार राई, डा वंशीधर मिश्र, शिवकुमार मण्डल, डा सुवोधराज प्याकुरेल, कमलप्रसाद पङ्गेनी, रामहरि सुवेदी, निशाकुमारी शाह, मिठु मल्ल, खड्गबहादुर बस्याल, ममता गिरी, शक्तिबहादुर बस्नेत, लालबाबु यादव, छेवाङ तेञ्जिङ तामाङ, उषा किरण अन्सारी, अम्बिका खवास राजवंशी, राजनकुमार केसी, टुकराज सिग्देल, टीकाराम चेम्जोङ् लिम्बू, तूलाराज विष्ट, रवनी चौधरी, सिन्धु जलेषा बुढाथोकीलगायतले भाग लिनुभएको थियो । आगामी बैठकमा अन्य मन्त्रालयका शीर्षकमा छलफल हुनेछ ।

संसद््को अर्काे बैठक साउन २९ गते शुक्रबार बिहान ११ः०० बजे बस्नेछ ।

प्रतिक्रिया