अमेरिकामा सप्ताह बिचमा किन नेपालीले मादक पदार्थ छुदैनन

इनेप्लिज २०७२ साउन २७ गते ०:२९ मा प्रकाशित

bj (3)

मादक पदार्थलाई जाँड या रक्सिले ज्यादा चिनिन्छ l नेपाली समुदायले नै जस्तो सुकै उच्च कोटीको मदिरालाई पनि जाँड भनि दिएकोले जाँड नै नाम रह्यो l नेपालमा जाँड नाम नै प्रख्यात छ l जे होस् जाँड भनेको जाँड नै हो l जाँड नखाने नेपाली समुदाय कम छन् l जाँड धेरै खाने नेपाली समुदाय ज्यादा छन् l तर प्रसंग अमेरिका l जस्तो सुकै जाँड धोक्न नेपालमा नाम कमाएका भए पनि अमेरिकामा पुगे पछि हर्कत पूर्ण बन्द हुन्छ l प्रतिबन्ध नै हुन्छ l

अमेरिकामा सप्ताह बीच (कामका दिन )हरुमा किन नेपालीले मादक पदार्थ छुदैनन त ? काम बाट आए पछि १-२ सिसी भए पनि भने सेवन गर्न पाए सन्तोष हुने थियो लाग्ने पनि थुप्रै होलान l तर परदेशमा आएका नेपालीले जात चै फाल्दैनन l सप्ताह बिच मा मध्यपान अर्थात् जाँड पिउने भन्ने हुदैन l अनौठो सुनिन्छ l समाजले पचाउदैन l नपिउने चाही भन्ने चै हैन l काम बाट थाकेर आएर एक घुड्को ( एक पेग ) लगाए थकाई मेटिन्छ भन्ने सोचाई राखे पनि भोलि पल्ट झिसमिसेमा काममा निस्कनु पर्ने भएकोले त्यो आँट नेपालीले गर्न सक्दैनन् l

मादक पदार्थ खाए पछि कहिँ न कहिँ गन्ध आउन पनि सक्दछ l काममा अलिकति पनि संकेत पाए भने साढे सातको दशा सुरु हुन्छ l नोकरी जाने र जाँड सेवन गरि आएको भनि हत्कडी पनि लगाउने भएकोले त्यस्तो हिम्मत गर्दैनन नेपालीले l जाँडको कारण यस्ता घटना प्रसस्त घटेका पनि छन् l अरु चिज खाँदा ढिलो लाग्ने तर जाँड खाने बित्तिकै लाग्ने l आनन्द दिने र मज्जा हुने वस्तु जाँड l अनि ट्वाकेहरुलाई जाँड नमिठो लागे अरु लाग्ने त् कुरै भएन ?

जड्याहा तथा पियक्कडमा नेपालीहरु पनि कम छैनन् l जाँड पिउन मात्र मन लाग्नु पर्छ एका बिहानै पनि हामी धोक्न सक्छौ l रोक तोक हुदैन l मध्ये रातमा पनि पिउन सक्छौ l झरी र आंधी बेरी आउदा झन् मौसमले साथ् दिएको भन्दै यो जाँड पिउने गर्दछौ l कुनै पनि काल र समयमा नेपालमा पिउन सक्ने भएकोले हामी जाँड पिउन बहादुर नै छौ l

अमेरिकनहरू जाँड टन्न धोक्छन तर हामी पियक्कड़ हैनौ है भन्ने संदेश दिन्छन l अमेरिका यस्तो देश हो जहाँ सप्ताह बिचमा अन्य देशको तुलना कम पिउने गरेको आँकडाले देखाएको छ l अरु देशमा अन्य दिनहरुमा प्रसस्त जाँड खाने र भोलि पल्ट काममा जाने गर्ने गर्छन l अन्य भोज भतेरमा टन्न हुने गरि जाँड खाएर भोलि पल्ट काममा जाँदा पनि हुन्छ l अति चिसो मुलुकमा जाँड हल्का लगाएर पनि काममा जान पनि पाईने सुनिएको छ l

नेपालमा हुँदा जे जे गरिम त्यो सब ठिक छ l तर अमेरिकामा जाँड खान कसैले रोक्दैन l उमेर पुग्नु पर्छ जति पनि जाँड सेवन पाईन्छ l अमेरिकामा सोमबार देखि शुक्रबार सरकारी कामकाज हुन्छ l अन्य काममा पनि विकडेज (कार्य दिवस )भनेको सोमबार देखि शुक्रबार नै हुन्छ l तर सप्ताह बिचमा तुलनात्मक रुपमा काम गर्ने मानिसले जाँड सेवन कम गर्ने देखिएको छ l शुक्रबारको प्रतिक्षामा बसेका मानिसले शुक्रबार जाँड धोक्न सम्म धोक्दछ्न l

जाँड टन्न (मदिरा )सेवन गर्ने बानि परेकाले नेपालको जस्तो चाख्दा चाख्दै २ – ४ सिसि ठड्याउने भएकोले बिहान देखि नै काममा जाने मानिसले जाँड छुदैनन अमेरिकामा l कामको प्रवृति हेरेर पनि हुन्छ l सबैलाई यस्तै नै होकी भन्ने पनि लाग्न पनि सक्दछ l समग्रमा कार्य दिवसमा मानिस भरसक मादक पदार्थ सेवन तर्फ जादैनन् l अर्को कुरा काममा लागु पदार्थ तथा जाँड सेवन कति गर्छ भन्ने छड्के जाँच पनि बेला बेलामा भै रहने हुनाले त्यो छड्के जाँचमा पक्राउ खाईयो भने कसैले पनि जागिर बचाउन सक्दैन l

अधिकांश काममा रगत परिक्षण गरीन्छ l नशालु लागु पदार्थ सेवन गरेर आएको शंकामा जाँच हुन्छ l टन्न राती खाएको जाँड भोलि पल्ट बिहानको रगत जाँचमा रक्सि खाएको देखिने हुनाले भयभित हुने हुन्छन l काममा तुरुन्तै निस्काशित गरिन्छ भने नेपाल जस्तो कामको प्रवृति अमेरिकामा हुदैन l अति काम गर्नु पर्छ किनभने घण्टाको डलरले कर्मचारी पालेको हुनाले काम दलेर र ठटाएर लिन्छन l अनि पोषिलो र शरीरलाई फाईदा हुने प्रकारका तागत तथा अन्य पौष्ठिक खाना खाईएन भने क्षयरोगले समात्ने डर हुन्छ l अनि जाँड खाएर काममा जाने भन्ने कल्पना नै हुदैन l

अनि काममा सम्झौता नहुने भएकोले काममा लोथ पर्ने र थकित हुने हुन्छन l त्यसमा सप्ताह बिचमा जाँड खाने भन्ने परिकल्पना पनि गरिदैन किनभने कम्तिमामा ४० घण्टा हप्ताको काम गरेन भने जीवन सरल रुपमा चल्दैन l

कामको समयमा जाँड खाएर आउन शक्त मनाही हुन्छ l जाँड खाए पछि मस्तिष्क बोधो हुन्छ अनि फटाफट काम गर्न नसकिने भए पछि मालिकले सधैको लागि छुट्टी दिने हुन्छ l मादक पदार्थ सेवन गरे पछि धंगधंगे हुने भएकोले काममा एकाग्रता नहुने हुन्छ l जसको कारण उत्पादकतामा अन्य कर्मचारी भन्दा कम हुने भए पछि जागिर धरापमा पर्दछ l काममा जाँड धोकेको अलिकति पनि झनक पाए बच्ने उपाय नै छैन l जति सुकै जाँड खाने जड्याहा भए पनि सप्ताहमा ४ दिन छुदैनन् l सप्ताह अन्तमा ढवाङ्गमा डुबे पनि कुनै बाधा अड्चन हुदैन l कैयौले यसरि पनि आफ्नो ईज्जत ,प्रतिष्ठा ,मान गुमाएका छन् भने जेल पनि पर्नु परेको अवस्था अमेरिकामा देखिएको छ l

अमेरिकनहरु कति जाँड खान्छन त ?

२०१२ मा गरिएको एक सर्वेक्षण अनुसार १८ बर्ष र माथिका मानिसले ८७.६ प्रतिसत आफ्नो जीवनकालमा जाँड खाएका हुन्छन भने ७१ प्रतिशतले गत बर्ष पिएको जनाएका थिए भने ५६. ३ प्रतिशत मानिसले अगाडिको महिना पिएको सुचना दिएका थिए l यसै गरि १८ बर्ष र माथिका मानिसले ५ भन्दा ज्यादा प्रकारका मदिराहरू ३४.६ प्रतिशतले गत महिना खाएको बताए भने ७.१ प्रतिशत मानिसले गत महिना पियक्कड शैलीमा गत महिनामा खाएको कबुलेका छन् l

झन्डै १ लाख ४० हजार मानिसमा गरिएको अनुसन्धानमा १० जनामा ९ जना अति ज्यादा सेवन गरे पनि जड्याहा नभएको भेटियो l जाँडको कारण अमेरिकामा बर्षेनी झन्डै ८८ हजारमा मानिसको मृत्यु हुन्छ भने जाँडको कारण काममा जान नसक्ने र पटक पटक गयल हुने हुनाले निष्काशित हुने भएकोले वकिल खर्च तथा अन्य बिबिध खर्च बेपत्ता हुने गरेको आंकडाले देखाएको छ l अमेरिकामा २९ प्रतिशत मानिस ज्यादा जाँड खानेमा गन्तीमा आउछन भने जसमा ९० प्रतिशत मानिस जड्याहामा न आउने देखाएको छ l

अमेरिकाका ३० प्रतिसत वयस्कहरु मादक पदार्थ सेवन बिल्कुल गर्दैनन् भने अर्का ३० प्रतिशत वयस्कहरु हप्तामा १ पटक भन्दा पनि कम सेवन गर्दछन l अर्को तर्फ १० प्रतिशत भन्दा माथि अमेरिकन वयस्कहरु करिब २ करोड ४० लाख हप्तामा औसदमा ७४ पटक मादक पदार्थ पिउने गर्दछन l यदि २ गिलास सेवन गर्नु हुन्छ भने तपाई २० प्रतिशत मा जाँड खानेमा पर्नु हुन्छ l उत्कृष्ट १० प्रतिशत भन्दा ज्यादा जाँड खाने मानिसले आधा भन्दा ज्यादा मदिरा सेवनको खपत गरि दिन्छन भनि आंकडाले देखाएको छ l

अमेरिकामा काम गर्ने समयमा कतैबाट चुस्की लगाएर काममा छिर्न पाइएला भन्ने सपनामा पनि नसोचे हुन्छ l नियमित रुपमा काममा जाने र काम ध्यानपूर्वक गर्नु पर्ने हुनाले जाँडको तलतल लागे पनि सप्ताह अन्त सम्म नआउन्जेल धैर्य धारण गर्नु बाहेक कुनै उपाय छैन l

नेपालीहरु अमेरिका जाँड खान आएका हैनौ l सबै नेपाली आर्थिक सम्पन्न हुन् आएका हौ l मादक पदार्थ खाएर कोहि पनि राष्ट्रपति भएका छैनन् l जाँड खाएर ठुलो पनि हुईदैन l यो खाएर शरीर खिईदै जान्छ l मध्यपान खाएर भिम जस्ता बलिया पनि हुईदैन l हानी नै हानि छ l झगडाको गुड ,आर्थिक क्षतिको काल तथा रोगको पोको यो जाँड नखाए नै बेश l कि कसो ?

आगे यहाहरुले जान्नु ………

……………………………………अस्तु

प्रतिक्रिया