शुक्रबार, जेठ ६ २०७९
काठमाडौं ००:२१
वासिङटन डिसी 14:36

मृत्यु हुनेको सङ्ख्या दश पुग्यो

इनेप्लिज २०७२ साउन २५ गते ११:४३ मा प्रकाशित

accidentप्यूठान, २५, साउन । सदरमुकाम नजिकै आज अपराह्न भएको बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १० पुगेको छ ।

घटनास्थलमै छ र उपचारका लागि लैजाँदै गर्दा चार जनाको मृत्यु भएको प्रहरी नायब उपरीक्षक तुलबहादुर कार्कीले जानकारी दिनुभयो । एकजनाको शव च्यापिएकाको अवस्थामा बसभित्रै रहे पनि निकाल्न सकिएको छैन ।

मृतकमध्ये प्युठान नगरपालिका–१४ की माया केसी र नगरपालिका–२ का सञ्जय सुनार, तोरवाङ गाविसका नरेन्द्र जिसी, कपिलवस्तुका लङ्कबहादुर रावत र दाङ गढवाकी सीता पण्डितको सनाखत भएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ ।

दुर्घटनामा चार पुरुष र दुई महिलाको मृत्यु भएको प्रहरी जनाएको छ । घटनामा परी घाइते भएका २४ जनालाई उद्धार गरी स्वर्गद्वारी लाइफकेयर अस्पताल बाग्दुला र जिल्ला अस्पताल बिजुवारमा उपचारका लागि लगिएको छ । घाइते सबैको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । सदरमुकाम खलङ्गाबाट बाङ्गेफेदी जाँदै गरेको ना ३ ख ८३८३ नंको यात्रुबाहक बस सारीवाङको घुम्तीबाट खोलामा खसेर दुर्घटना भएको थियो ।

प्रतिक्रिया