शनिबार, असार ५ २०७८
काठमाडौं १५:५७
वासिङटन डिसी 06:12

बस दुर्घटनामा चार जनाको मृत्यु

इनेप्लिज २०७२ साउन २५ गते १०:५४ मा प्रकाशित

accident-signप्यूठान, २५ साउन । प्यूठानको सदरमुकाम खलङ्गाबाट बाङ्गेफेदी जाँदै गरेको ना३ख ८३८३ नंको यात्रुबाहक बस आज सदरमुकाम नजिकै दुर्घटना हुँदा चारजनाको घटनास्थलमा मृत्यु भएको छ ।

घटनामा परी २४ जना घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख तुलबहादुर कार्कीले जानकारी दिनुभयो । मृतकहरुको सनाखत हुन सकेको छैन ।

बस के कारणले दुर्घटनामा परेको हो भन्ने अझै खुल्न नआएको प्रहरीले जनाएको छ ।

बस झन्डै ८० मिटर तल खोलामा खसेको छ । घटनाका विषयमा थप विवरण आउन बाँकी छ ।

प्रतिक्रिया