एक सय १९ वन समुदायमा हस्तान्तरण
भीमदत्तनगर, २५ साउन । कञ्चनपुरमा ११९ वटा सामुदायिक वन समुदायलाई हस्तान्तरण गरिएको छ ।
सामुदायिक वन समन्वय समितिको आइतबार सम्पन्न एघारौं वार्षिक साधारणसभामा सामुुदायिक वन समन्वय समितिका अध्यक्ष महेशदत्त जोशीले राष्ट्रिय वनलाई समुदायमा हस्तान्तरण गरेर वन संरक्षणका साथै अन्य विकाससिल काममा सहयोग पुगेको बताउनुभयो ।
“एक सय १९ सामुदायक वन हस्तान्तरण भइसकेका छन् ।” अध्यक्ष जोशीले भन्नुभयो– “समुदायमा हस्तान्तरणले वन संरक्षणमा निकै सहयोग पुगेको छ ।”
समन्वय समितिले कञ्चनपुरको सिस्ने क्षेत्रको संरक्षका लागि सिस्नेसँग जोडिएका सामुदायिक वन तथा राष्ट्रिय वन क्षेत्रको १३ हजार ५०० हेक्टर क्षेत्रलाई शून्य चरिचरन क्षेत्र घोषणा गरिएको अध्यक्ष जोशीले बताउनुभयो । विजयसाललगायतका लोपोन्मुख प्रजातिको संरक्षणमा पनि सामुदायिक वनको भूमिका सह्रानीय रहेको छ ।
बझाङमा पनि हिन्दूराष्ट्र माग
नयाँ बन्ने संविधानमा नेपाललाई हिन्दूराष्ट्र बनाउनुपर्ने माग गर्दै सनातन हिन्दूराष्ट्र स्थापना महाअभियान जिल्ला समन्वय समिति बझाङले सदरमुकाम चैनपुरमा प्रदर्शन गरेको छ ।
आइतबार यहाँ गरिएको प्रदर्शनमा विभिन्न क्षेत्र, समुदाय र पेसामा संलग्न व्यक्तिकोे सहभागिता रहेको थियो । चैनपुर बजार परिक्रमापछि र्याली कोणसभामा परिणत भएको थियो । कोणसभामा वैद्घिक सनातन हिन्दूराष्ट्र नेपाल संस्थागत संयुक्त सङ्र्घष समिति सचिवालय सदस्य सिद्घराज खड्काले धर्म निरपेक्ष राष्ट्र कायम गर्न धर्मको नाममा डलरको खेती भएको र यसले लोकतन्त्रको खिल्ली उडाएको टिप्पणी गर्नुभयो ।
कार्यक्रममा संविधानमा विश्वको एक मात्र हिन्दूराज्य नेपालको पहिचान कायम नरहे देशभरिबाट आन्दोलन चर्काउने चेतावनी दिइएको छ ।
अमेरिकाको मिनेसोटा राज्यको एक तालमा १ बालक मृत अवस्थामा फेला अन्य २ जना अझै बेपत्ता ,हत्याको शंका
न्युयोर्कका सांसदहरूले सरकारी भवन र विद्यालयमा लुकाएर हतियार बोक्न प्रतिबन्ध लगाउने विधेयक पारित
न्यूयोर्कको लायन्स क्लब अफ क्विन्स बुद्धको अध्यक्ष पदमा बिक्की पुलामी निर्वाचित
फ्लोरिडा राजमार्ग गस्तीद्वारा मानव तस्करीका विभिन्न घटनामा दुई दिनमा दुई जना पक्राउ
अमेरिकाको केन्टकीमा बन्धुकधारीको आक्रमणबाट २ प्रहरीहरुको मृ्त्यु
प्रतिक्रिया