एनआरएनए अध्यक्ष पदको उम्मेदवारमा अमेरिकाका रतन झा को औपचारिक घोषणा

इनेप्लिज २०७२ साउन २५ गते १:१९ मा प्रकाशित

IMG_1148 (1)

वाशिंगटन डिसी महानगर क्षेत्रमा एनआरएनए भर्जिनिया शाखाको आयोजनामा गरिएको भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा एनआरएनए अन्तर्राष्ट्रिय समन्वय समितिका पूर्व महासचिब रतन कुमार झा ले एनआरएनए आईसीसीको लागि आफु अध्यक्ष पदको प्रत्यासी हुने औपचारिक रुपमा घोषणा गरेका छन् l

गैर आवासीय नेपाली संघमा स्थापना काल देखि नै क्रियाशील रहेका झाले एनआरएन अभियानमा स-शक्त भूमिका निर्वाह गरि सकेका छन् l नेपालको सर्लाही जिल्लाको सिसौटिया गाबिस मा जन्मी हुर्केका झा १९९१ मा अमेरिका उच्च अध्ययनको लागि आएका हुन् l

१९९४ मा अमेरिकाको ओक्लाहोमा बिश्व बिद्यालयबाट नागरिक अभियांत्रिकी (सिविल इन्जीनियरिंग )मा स्नातकोत्तर गरेका झा हाल टेक्सासको ब्यबसायिक दर्तावाल अभियन्ताको पेसामा संलग्न छन् l

श्रीमती तथा दुई सन्तानका पिता झा हाल टेक्सासको हुस्टनमा बसोबास गर्दछन l र उनको मुख्य पेशा भूमि-भवन (रिएल स्टेट )निर्माण विकास सम्बन्धि कारोबार छ भने उनको ब्यबसाय अमेरिका ,कतार तथा नेपाल सम्म फैलिएको छ l

उनि संग एनआरएन अभियानका बिगतका तिता तथा मिठा अनुभव आफु संग भएको र नेतृत्व प्रदान गर्ने क्षमता भएको कारण एनआरएनए अध्यक्ष पदको उम्मेदवार दिन चाहेको बताए l उनि २०११ देखि नै एनआरएन आईसीसीका सल्लाहकार रही आएका छन् भने २०१३-२०१५ का लागि पनि सल्लाहकार नै छन् l

IMG_1115

२००९-२०११ मा एनआरएन आईसीसीमा महा-सचिब जस्तो गरिमामय पदमा काम गरि सकेका छन् भने अमेरिकामा रहेको एनएसीसी (न्याक )का सह- अध्यक्ष भै काम गरि सकेको अनुभव छ l

उनको ब्यापारको अद्वितीय प्राप्तिको कारण अध्यक्ष पदका प्रत्यासी रतन कुमार झा लाई टेक्सासको जर्सी गाउँको योजना तथा क्षेत्रका लागि आयोगका आयुक्तमा नियुक्त गरेको छ l यसै गरि उनि द्वारा संचालित ओपाल ग्लोबलका अध्यक्ष तथा दि एसोसिएसन अफ नेपाली तराईएन इन अमेरिकाका संस्थापक अध्यक्ष समेत रहेका छन् l उन्ले आफ्ना कार्यसुची प्रस्तुत गर्नुका साथै आफु उम्मेदवार बन्नुको कारण बारेमा मन्तब्य राखेका थिए l

उक्त कार्यक्रममा डिसी महानगर क्षेत्र वरपरका बिद्ध्वत ,बुद्धिजीवी ,विभिन्न पेसामा संलग्न लब्ध प्रतिष्ठित व्यक्तित्वहरु ,विभिन्न संघ तथा संस्थाका प्रतिनिधिहरुको उपस्थितिमा झाले उम्मेदवारी घोषणा गरेका छन् l

IMG_1140

एनआरएन आईसीसीको अध्यक्ष पदका लागि उम्मेदवारको घोषणा औपचारिक गर्दै सबैलाई अक्टोबरमा हुने सम्मेलनमा सहभागी हुन् आग्रह गरेका थिए l उनले उम्मेदवारी बारेमा आफ्नो मन्तब्य राख्दै एनआरएन सबैको सांझा संस्था हो भन्दै संस्था प्रति भावनात्मक सम्बन्ध रहेको छ भन्दै एनआरएन धनीको मात्र संस्था हैन भन्दै तर्क पेश गरेका थिए l

उनले एनआरएनको १२ बर्षको यात्रामा धेरै फड्को मारेको छ भन्दै बिश्वमा यो भन्दा ठुलो संस्था कुनै छैन भन्दै सामुहिक नेतृत्वको अब अबधारणा ल्याउने कुरामा आफ्नो सोच रहेको बताए l

संस्थालाई संस्थागत विकासमा जोड दिदै एक नेतृत्व एक पटक मात्र हुनु पर्नेमा आफ्नो प्राथमिकता रहेको विचार राख्दै नया व्यक्तिलाई अवसर दिनु पर्ने विचार पोखेका थिए l

एनआरएनमा भएको संजाललाई अझ मजबुत गर्नु पर्ने आफ्नो जोड भएको कुरा राख्दै हामीले योग्य नेपाललाई सहयोग गर्नु पर्ने बिचार राखेका थिए l शेष घलेको कामको सराहना गर्दै वहाले गरेको कामलाई पूर्णता दिनु पर्ने कुरामा जोड दिएका थिए l

उनका कार्यसूचीहरुमा संघको संस्थागत विकास र स्थायित्व ,नागरिकताको निरन्तरता र मताधिकार ,व्यवस्थित बैदेशिक रोजगार र सुरक्षित आप्रवासन ,पुनर्स्थापन र पुनर्निर्माण ,विप्रेषण ,बैदेशिक तथा सामुहिक लगानी रहेको घोषणा गरेका थिए l

IMG_1124

झालाई शुभकामना दिने क्रममा डिसी महानगर क्षेत्रका सबै संस्थाका तर्फ बाट अमेरिका नेपाल सोसाइटीका सभापति जीवन तिवारीले संघ तथा संस्थाहरुमा हातेमालो गर्दै अगाडी बढ्नु पर्ने मन्तब्य राख्दै शुभकामना दिएका थिए l

एनआरएन अमेरिकाका सल्लाहकार तथा लेखा परीक्षक हरि शर्माले एनआरएन संस्था झाँगिएकोमा हर्ष लागेको विचार पोखेका थिए भने नेपाल अमेरिका पत्रकार संघका पूर्व अध्यक्ष कृष्ण शर्माले एनआरएले खेलेको भूमिकाको सराहना गरेका थिए l

एनआरएन अमेरिकाका पूर्व वरिष्ठ उपाध्यक्ष लोक तिवारीले मन्तब्य गर्ने क्रममा कार्यक्रमलाई सफलता बनाउन सबैको हातेमालोको खाचो चाहिन्छ भन्दै एनआरएन अमेरिका अब एनआरएन अन्तरराष्ट्रियको नेतृत्व हाक्न सक्ने भएको आफुलाई लागेको विचार राखेका थिए l

एनआरएन अमेरिकाका संस्थापक सुमन तिमिल्सिनाले एनआरएन अमेरिकाका बारेमा संक्षिप्त परिचय दिदै नेतृत्वको कार्यकाललाई सफलताको लागि शुभकामना दिएका थिए l

IMG_1143

एनआरएन आईसीसीका सल्लाहाकार तथा संचारकर्मी राम चन्द्र खरेलले एनआरएन एनसीसी र एनआरएन आईसीसीको ऐतिहासिक पृष्ठ भुमि बारेमा चर्चा गर्दै एनसीसी र एनआरएन बारेमा केहि भ्रम रहेको बारेमा प्रस्ट्याएका थिए l र रतन झाको उम्मेदवारीलाई शुभकामना दिएका थिए l

मन्तब्य गर्ने क्रममा एनआरएन अमेरिकाका डा केशब पौडेलले एनआरएन अमेरिकामा भै रहेका विभिन्न संघ तथा संस्थासंग प्रतिस्प्रद्ध गर्दैन बरु हातेमालो गर्न एनआरएन तयार छ भनि बिचार राखेका थिए l

हामी जहाँ बसे पनि परदेशमा बसेका नेपालीले नेपाल बारेमा धेरै सोच्ने गरेको भन्दै हाम्रो चाहना भनेको एक पटकको नेपाली सधैको नेपाली भन्ने भएकोले त्यो हामीले पाउनु पर्छ भन्ने बिचार पोखेका थिए l डा पौडेलले रतन झाको उम्मेदवारीलाई शुभकामना दिएका थिए l

अमेरिकाका लागि नेपाली राजदुत डा अर्जुन कुमार कार्कीले रतन झाले दिएको उम्मेदवारिको घोषणाले आफुलाई खुशी लागेको भन्दै रतन झालाई शुभकामना दिनु भयो l

IMG_1139

डा राजदुतले पैसा पठाउन मात्र जरुरि नभई यहाँ बस्ने नेपालीले मन दिन सक्नु पर्छ भन्दै यहाँबाट प्रबिधि ,शिप र उधमशिलता नेपालमा लगि नेपालको विकासको गर्न सक्नु पर्छ l

डा कार्कीले एनआरएनलाई सरकारले मान्यता दिएकोले अमेरिकामा सबै भन्दा भरपर्दो संस्था एनआरएन नै लागेको भन्दै अभिभावकको रुपमा यस संस्थालाई लिएको बताउदै सरकार तथा राजदुतको तर्फबाट सहयोग गर्ने बचन बद्धता दिनु भएको थियो l

स्थानीय गायक खेम संग्रौलाले म मरे पनि मलाई देशको माया छ भन्ने राष्ट्रिय गित गाएका थिए भने एनआरएन अमेरिका भर्जिनिया शाखाका उप सभापति गोविन्द सुबेदीले स्वागतम मन्तब्य राखेका थिए l

भर्जिनिया शाखाका अध्यक्ष मुक्ति दवाडीले रतन कुमार झालाई साथ दिने बचन बद्धता दिदै सहयोगमा कुनै कसर नछोड्ने बताए उनले थप जानकारी दिदै एनआरएन भर्जिनिया शाखाले अन्य संघ तथा संस्था जस्तै हु-बहु काम नगर्ने भन्दै सभा बिसर्जन गरेका थिए भने सचिब कृष्ण भण्डारीले कार्यक्रम संचालन गरेका थिए l

145-DSC08263

IMG_1131 IMG_1121 IMG_1119 IMG_1116

प्रतिक्रिया