तीनदिनदेखि बालक बेपत्ता
इनेप्लिज
२०७२ साउन २४ गते १५:३९ मा प्रकाशित
बुटवल, २४ साउन । बुटवल–९ दीपनगर निवासी १५ वर्षीय बालक प्रज्ज्वल पन्थ तीन दिनदेखि हराएका छन् ।
शुक्रबार बिहान दूध लिन गएका बालक तीन दिसम्म पनि भेटिएका छैनन् । पन्थ बुटवलको एभरेष्ट बोर्डिङ स्कुलमा कक्षा ९ मा अध्ययनरत थिए ।
घरको नजिकै रहेको पसलमा दूध लिन गएका उनी हालसम्म पनि सम्पर्कमा नआउँदा परिवार र छिमेकी चिन्तित बनेका छन् ।
टिसर्ट र पाइन्ट लगाएर घरबाट निस्केका कारण हराएको शङ्का लागि एक घण्टापछि प्रहरीलाई खबर गरेको प्रज्ज्वलका बुबा हरिप्रसाद पन्थले बताउनुभयो ।
प्रहरीले पनि उनको खोजीकार्य भइरहेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक दिलीप घिमिरेले बताउनुभयो ।
क्यालिफोर्नियामा नेपाली मूलकी होनहार युवती मनसुन पाण्डेको अल्पायुमै निधन
न त मलाई कुर भन्न सके,नत उनलाई अन्तै घरजम गर भन्न सके
बाल्टिमोरमा नेपालीले संचालन गरेको नेपाली सरसामान पाइने थोक व्यवसाय यत्र तत्र सर्वत्र चर्चा
अमेरिकी नेपाली: इँजार चुढिएको सुरुवाल जस्तो
नेपाल अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव कार्यक्रममा लिइएका तस्बिरहरु – तस्बिर :राजीव श्रेष्ठ
साधारण सभाको लागि रजिस्ट्रेशन गर्ने बारे ..।
अमेरिकामा बिगत २४ घण्टामा कोभिड-१९ बाट १ लाख ८ हजार संक्रमित ,३७७ जनाको मृत्यु
भर्जिनियामा बच्चालाई गाडीमा छोड्दा बच्चाको मृत्यु ,केही घण्टा पछि बाबुले आत्महत्या गरे
अमेरिकाको टेक्ससराज्यमा मानव तस्करीको घटनामा सवारी साधन भित्र ४६ जना आप्रवासी मृत अवस्थामा फेला
अमेरिकी राष्ट्रपति वाइडेनसँग राजदूत खत्रीको अर्थपूर्ण भेट
प्रतिक्रिया