काठमाडौँ, १८ साउन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सडक डिभिजन कार्यालय टेकुका सवइन्जिनियरविरुद्ध हदैसम्मको कारवाहीको माग गर्दै आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
काठमाडौँ जिल्ला चन्द्रागिरि नगरपालिकाअन्तर्गत त्रिवेणी मार्ग दहचोकको ८० मिटर सडक कालोपत्रे गर्ने प्रयोजनका लागि ठेकेदारसँग रु एक लाख घुस लिँदैगर्दा सवइन्जिनियर गोविन्द गैरे पक्राउ परेका थिए ।
आयोगले कानुन विपरीत काम गरेको भन्दै उनीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको आज एक विज्ञप्तिमार्फत जनाएको छ ।
प्रतिक्रिया