दुई हजारभन्दा बढी युवतीको उद्धार

इनेप्लिज २०७२ साउन २४ गते २:२० मा प्रकाशित

10030लुम्बिनी (रुपन्देही), २४ साउन । मानव बेचबिखनविरुद्धका क्षेत्रमा काम गर्दै आइरहेको थ्री एन्जल्स नेपालले उद्धार, रोकथाम र पुनःस्थापनाका माध्यमबाट आव २०७१/०७२ मा दुई हजार ५९८ जनाको उद्धार गरेको छ ।

थ्री एन्जल्सले भारतबाट एक, नेपाल–भारत सीमा क्षेत्रबाट १२५, सीमानाकामा दुई हजार १४२ र समुदायस्तरबाट ३३० जनाको उद्धार गरेको भैरहवा प्रमुख दीपक भट्टले जानकारी दिनुभयो । ‘नेपाली चेली र स्वास्थ्य नै धन’लगायत रेडियो कार्यक्रम गर्दै आएको सो समूहले परामर्श, सूचना पर्चा वितरण, घरदैलो कार्यक्रमलगायत कार्य गर्दै आएको बताएको छ ।

थ्री एन्जल्सको मुख्य उद्देश्य सीमानाकामा जाँचभन्दा पनि समाजमै सचेतना फैलाई अवैध मानव ओसारपसारलाई निरुत्साहन गर्नु रहेको थ्री एन्जल्स नेपाल पोखराका फिल्ड कोर्डिनेटर नारायणप्रसाद दवाडीले जानकारी दिनुभयो । उक्त समूहले मानव बेचबिखनविरुद्ध रुपन्देहीमा दुई र दोलखामा एक मुद्दासमेत दर्ता गरेको छ ।

प्रतिक्रिया