भूकम्प पिडित सहयोग अभियान इजरायलद्वारा दोलखामा सहयोग

इनेप्लिज २०७२ साउन २३ गते १९:१५ मा प्रकाशित

3333भूकम्प पिडित सहयोग अभियान इजरायलद्वारा भुकम्पवाट विक्षिप्त हुन पुगेको जिल्ला दोलखामा रहेका २० वटा सार्वजनिक विद्यालयहरूलाई दश लाख ७५ हजार रूपैया नगद सहयोग हस्तान्तरण गरेको छ । भुकम्प पिडित सहयोग अभियान इजरायलको निर्णय अनुसार  भुकम्पवाट पुर्ण रूपमा क्षती भई भग्नाबशेशमा परिणत भएका दोलखाका बिद्लयालयहरु मध्येबाट जिल्ला शिक्षा कार्यालय र जिल्ला प्रशाशन कार्यालय दोलखाको सिफारिस अनुसार छनौट भएका विस वटा विद्यालयहरूलाई ८ अगस्त शनिवारका दिन दोलखाको सदरमुकाम चरिकोटमा रहेको कालिन्चोक एफएम स्टुडियोको सभाहलमा भूकम्प पिडित सहयोग अभियान इजरायलको आयोजनामा एक भव्य कार्यक्रमको आयोजना गरी आर्थिक सहयोग हस्तान्तरण गरिएको हो ।

चरिकोटमा भएको उक्त कार्यक्रममा आर्थिक सहयोग वितरण गर्न भूकम्प पिडित सहयोग अभियान इजरायलको अनुरोधमा समाजसेवी मेघराज ज्ञवालीको नेतृत्वमा तीन जनाको टोली दुख कष्ट र अप्ठयाराहरुको कुनै प्रवाह नगरी काठमान्डौबाट दुर्गम पहाडी जिल्ला दोलखा पुगेका थिए |

999छनौट भएका विद्यालयहरूलाई नगद सहयोग हस्तान्तरण गर्न आयोजित उक्त कार्यक्रमका सभापतिमा समाजसेवी मेघराज ज्ञवाली रहनु भएको थियो भने कार्यक्रम संचालन स्थानिय व्यवस्थापक सुन्दर लामिछानेले गर्नु भएको थियो | राहत ग्रहण गर्न आएका विद्यालयका प्राधानाध्यापक, विद्यालय व्यावस्थापन समितीका प्रतिनिधीहरू तथा शिक्षकहरु साथै अन्य व्यक्तित्वहरुको वाक्लो उपस्थिति रहेको उक्त कार्यक्रमका बिशेष अतिथिहरुमा दोलखाका सभासदहरु पार्वत गुरुङ, आनन्द प्रसाद पोख्रेल र पशुपति चौलागाईं रहेका थिए भने ओखलढुंगा जिल्लाका सभासद यज्ञराज सुनुवारको पनि बिशेष आतिथ्यता रहेको थियो |

दोलखामा गत ७ अगस्त शुक्रबारदेखि शनिवारसम्म दुई दिने शैक्षिक भेला जारी रहेको कारण प्रमुख जिल्ला अधिकारी र जिल्ला शिक्षा अधिकारीको भने उपस्थिति रहन नसकेको बताइएको छ | जिल्ला शिक्षा कार्यालयबाट बिद्यालय निरीक्षक शान्ति बहादर बस्नेत साथै श्रोत व्यक्ति राम प्रसाद चिमरिया लगायत अन्य कार्यालयका प्रमुखहरु तथा कान्तिपुरका पत्रकार राजेन्द्र मानन्धर लगायत स्थानीय पत्रकार र कालिन्चोक एफएम परिवारको उपस्थिति रहेको थियो ।

777

आर्थिक सहयोग हस्तान्तरणका लागि छनौटमा परेका बिद्यालयहरू हिमवर्ति मा.वि. मार्वु, खारे मा.वि खारे, भुमेगुम्वा मा.वि.चंखु , हलेश्वर उच्च मा.वि.सुरी , मानेडांडा उच्च मा.वि.झ्यांकु ,थम्पू मा.वि आलम्पु, हिमालय उच्च मा.वि.खोपाचागु, लापिलाङ उच्च मा.वि. लापिलाङ, निकुभुमे उच्च मा.वि. बावरे, बौद्ध भुवनेश्वरी मा.वि माली, गर्जाङ ढुंगा उच्च मा.वि श्यामा, कालिका उच्च मा.वि.ठुलो पाताल, हिमालय उच्च मा.वि चिलंखा, शान्ति आदर्श मा.वि.लादुक,निलकण्ठेश्वर उच्च मा.वि.जुंगु, क्षेत्रावाती उच्च मा.वि. क्षेत्रपा ,लक्ष्मी उच्च मा.वि.घ्यांग सुकाठोकर, कालिका मा.वि.हांबा ,ढुंगेश्वरी मा.वि.जिरी र गौरीशंकर मा.वि. बिगु रहेका थिए |

भुकम्प पिडित सहयोग अभियान इजरायलद्वारा दोश्रो चरणको राहत वितरणको लागि भूकम्पवाट अति प्रभावित ७ वटा जिल्लाहरु मध्ये दोलखाको लागि छुट्याएको ११ लाख रुपैया भूकम्प पिडित सहयोग अभियान इजरायलको प्रतिनिधि भई नगद जिम्मा लिएर जानुभएका समाजसेवी मेघराज ज्ञवालीले जानकारी दिए अनुसार र कार्यक्रममा दोलखासम्म आवत जावत लगायत व्यबस्थापनमा २५ हजार मात्र खर्च भएको कारण बाँकी १० लाख ७५ हजार रूपैया २० वटा विद्यालयहरूलाई समानुपातिक रूपमा ५३,७५०|-(त्रिपन्न हजार सातसय पचास रुपैया ) को चेक हस्तान्तरण गरिएको थियो l

4444सो कार्यक्रमका फोटोहरु समाचारमा समाविष्ट गरिएका छन् भने नगदी भरपाई र कार्यक्रमको भिडियो केही दिनमा उपलव्ध हुने बताइएको छ | यस अभियानले पहिलो चरणमा भूकम्प प्रभावित १५ वटा जिल्लाहरुमा १ लाख २० हजार देखि १ लाख ५० हजार सम्मको खाध्यान्न लगायतका त्रिपाल सामग्री राहतस्वरूप वितरण गरी सकेको छ भने गोरखा,धादिङ, सिन्धुपाल्चोक.नुवाकोट,रसुवा र कभ्रेपलान्चोकका बिद्यालयहरुमा दोश्रो चरण अन्तर्गत आर्थिक सहयोग हस्तान्तरण गर्ने द्रुत तयारी भईरहेको छ | अभियानले केही दिनभित्रैमा राहत वितरणको कार्यक्रम समाप्त गरी इजरायलवासी सहयोगी दाताहरूसमक्ष सम्पुर्ण विवरण सार्वजनिक गर्ने जनाएको छ ।

प्रतिक्रिया