करेन्ट लागेर मृत्यु

इनेप्लिज २०७२ साउन २३ गते १२:०७ मा प्रकाशित

ElectricalSafety-300x254कावासोती, २३ साउन । नवलपरासीको देवचुलीमा आज यहाँ करेन्ट लागेर रुपन्देहीको मदौलिया निवासी २८ वर्षीय शन्तराम चौधरीको मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक परशुराम तिवारीका अनुसार मौलाकालिका प्लास्टिक उद्योगमा काम गर्ने क्रममा बिहान करेन्ट लागेर गम्भीर घाइते भएका चौधरीको उपचारका क्रममा काठमाडौँको वीर अस्पतालमा निधन भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया