पहिरो खस्दा बस तिनाउमा

इनेप्लिज २०७२ साउन २३ गते १२:०६ मा प्रकाशित

बुटवल, २३ साउन । सिद्धार्थ राजमार्ग बुटवल–पाल्पा सडकखण्डमा पर्ने दोभान नजिकै सिद्धबाबामा अपराह्न २ बजेतिर पहिरो खस्दा पाल्पाबाट बुटवलतर्फ आउँदै गरेको लु१ख ५७७१ नंको बस तिनाउ नदीमा खसी दुर्घटनामा परेको छ ।

बसमा सवार २६ जनामध्ये अहिलेसम्म दुई जनाको शव भेटिएको छ । करिब १५ जना जति यात्रु बस एकै छिन रोकिँदा ओर्लिएकाले सुरक्षित रहन सफल भएका छन् ।

बसमा अझै करिब आठ जना रहेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ । नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बल उद्धारमा खटिएका छन् ।

प्रतिक्रिया