नेप्से छ अङ्कले बढ्यो
काठमाडौँ, २३ साउन । साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा ६.२२ अङ्कले बढेको छ । गत साता पहिलो दिनको तुलनामा २५.९७ अङ्कले घटेको थियो ।
सो साताको अन्तिम दिन परिसूचक १०४०.३६ अङ्कमा पुगेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।
यस साता स्टक एक्सचेन्जमा १७२ कम्पनीका १७ हजार ४८२ कारोबारबाट रु दुई अर्ब ४७ करोड ६० लाख ९३ हजार बराबरका ४८ लाख ४३ हजार ७६० कित्ता सेयर खरिद बिक्री भएका छन् । कारोबार रकम गत साताको भन्दा १८.२५ प्रतिशत कम हो ।
गत साता १७४ कम्पनीका १५ हजार ४१६ कारोबारबाट रु तीन अर्ब तीन करोड २६ लाख ९३ हजार बराबरका ७१ लाख ९४ हजार ७२० कित्ता सेयर खरिद बिक्री भएका थिए ।
यो साता सबैभन्दा बढी बिमा समूहको परिसूचकमा २१५.८७ अङ्कले वृद्धि भएको छ । समूहगत परिसूचकमा यो साता वाणिज्य बैंक, होटल, उत्पादनमूलक र अन्य क्षेत्रमा कमी आएको छ । त्यसैगरी विकास बैंक, वित्त कम्पनी र जलविद्युत् समूहको परिसूचकमा सुधार आएको छ भने व्यापार समूहको परिसूचकमा भने कुनै परिवर्तन भएको छैन ।
‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पहिलो दिनको तुलनामा ०.१८ अङ्कले बढेर २२२.७८ अङ्कमा आइपुगेको छ ।
यस साता कारोबार रकमको आधारमा नेपाल इन्भेस्टमेन्ट बैंक संस्थापक अग्रस्थानमा छ । त्यसैगरी कारोबार भएको सेयर सङ्ख्याका आधारमा पनि नेपाल इन्भेस्टमेन्ट बैंक संस्थापक अग्रस्थानमा छ । त्यसैगरी कारोबार सङ्ख्याका आधारमा प्राइम कमर्सियल बैंक अग्रस्थानमा रहेको छ ।
यस साता नेपाल स्टक एक्सचेन्जको कारोबार कक्ष नियमित कारोबारका लागि पाँच दिन खुला रह्यो । यस साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रहरुको कुनै पनि कारोबार भएन ।
यो साता सेञ्चुरी कमर्सियल बैंकको १२ लाख बोनस सेयर सूचीकृत गरिएको छ ।
तीन मानसिक अवस्था जसलाई नेपाली समाजले स्वीकार गर्दैन
आफु परस्त्रीसँग सम्बन्ध राख्दै हिँड्ने तर श्रीमती को चरित्र माथी शङ्का गर्ने हरुको नाममा…
मैले देखेका आमाहरू
अमेरिकाको न्यूजर्सीमा सवारी साधनमा दुर्घटना भै निधन भएका नेपालीको शव नेपाल लैजान सहयोगको लागि आह्वान
अमेरिकासँग असन्तुष्ट कृतघ्न नेपालीका नाममा
म्याकडोनाल्डले रुस पूरै छोड्दै
क्यालिफोर्नियाको गिर्जाघरमा गोली चल्दा कम्तीमा १ जनाको मृत्यु ,४ जना गम्भीर घाइते
“नेपाल अमेरिका पत्रकार संघ (नेजा)को आयोजनामा अमेरिकामा रक्तदान सम्पन्न”
कोलोराडोमा प्रकाश सपुत सांगीतीक सांझ कार्यक्रम सफलताका साथ सम्पन्न
टेक्सस ह्युस्टनको कवाडी बजारमा गोली चल्दा २ जनाको मृत्यु, ३ जना घाइते
प्रतिक्रिया