अभिभावकको स्मृतिमा अक्षयकोष स्थापना गर्न विद्यालयलाई सहयोग

इनेप्लिज २०७२ साउन २३ गते ६:५७ मा प्रकाशित

Myagdi_district_locationबाबियाचौर (म्याग्दी), २३ साउन । म्याग्दीको राम्चे गाविसमा रहेको देउराली निमाविलाई एक परिवारले आफ्नो दिवङ्गत अभिभावकको स्मृतिमा अक्षयकोष स्थापना गर्न रु एक लाखभन्दा बढी सहयोग गरेको छ ।

राम्चे घर भई हाल पोखरा निवासी क्याप्टेन महेशराम गर्बुजा र उहाँकी श्रीमती निरमती गर्बुजाले बुबाआमाको पुण्य स्मृतिमा शुक्रबार रु एक लाख पाँच हजारको अक्षयकोष स्थापना गर्नुभएको हो ।

विद्यालयका निजी स्रोतका शिक्षकको तलबभत्ताका लागि उक्त विद्यालयमा गर्बुजा दम्पतीसहित हालसम्म १० जनाले अक्षयकोष स्थापनाका लागि रु १४ लाख ६ हजार १०० को सहयोग गरिसकेको जानकारी विद्यालय व्यवस्थापन समितिका अध्यक्ष फासबहादुर गर्बुजाले दिनुभयो ।

प्रतिक्रिया