शुक्रबार, असार १७ २०७९
काठमाडौं ००:५९
वासिङटन डिसी 15:14

सहकारीद्वारा दुईसय बीसजनालाई भोजन

इनेप्लिज २०७२ साउन २३ गते ६:५६ मा प्रकाशित

ललितपुर, २३ साउन । अरुणिमा बचत तथा ऋण सहकारी संस्था लिमिटेड लगनखेलले कुष्ठरोगको उपचारका क्रममा रहेका र अन्य बिरामीलाई गरी २२० जनालाई भोजन खुवाएको छ ।

संस्थाको छैटौँ स्थापना दिवसको अवसरमा संस्थाले लेलेस्थित आनन्दवन अस्पतालमा रहेका बिरामीलाई शुक्रबार भोजन खुवाएको हो । उक्त अस्पतालमा देशका विभिन्न ठाउँबाट कुष्ठरोगको उपचारका लागि आउने गरिन्छ ।

सो अवसरमा संस्थाका अध्यक्ष रामशरण घिमिरेले सहकारीले पैसाको कारोबार मात्र नभई समाजसेवाको भावना बोकेर काम गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया