सोलुखुम्बुमा दुई सय छयासीले क्षयरोगको नियमित औषधि सेवन
इनेप्लिज
२०७२ साउन २३ गते ४:३५ मा प्रकाशित
सोलुखुम्बु, २३ साउन । सोलुखुम्बुमा क्षयरोग पहिचान भएर नियमित औषधि सेवन गरिरहेका २८६ जना छन् भने पहिचान नभएका पनि त्यही सङ्ख्यामा हुन सक्ने अनुमान गरिएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय सोलुखुम्बुका क्षयरोग कुष्ठरोग अधिकृत कर्मचन्द्र राजवंशीका अनुसार जिल्लामा क्षयरोगका पुराना रोगी पनि रहेका छन् भने नयाँ देखापर्ने क्रम पनि उत्तिकै रहेको छ । जिल्लामा पनि टाप्टिङ, गोराखानी र केरुङ गाविसका शेर्पा जातिमा सबैभन्दा बढी क्षयरोगीको सङ्ख्या रहेको उहाँले बताउनुभयो ।
यसैबीच क्षयरोगीलाई भदौ महिनादेखि समुदायमा आधारित उपचार विधि (सिवी डट्स) कार्यक्रम सञ्चालन गर्न लागिएको जिल्ला स्वास्थ्य कार्यालय सोलुखुम्बुले जनाएको छ ।
अमेरिकाले युक्रेन राजधानी कीभमा दूतावास पुन: खोल्यो
बाइडेनद्वारा अमेरिकामा शिशुका आहार अभावलाई सम्बोधन गर्न रक्षा उत्पादन ऐन आह्वान
‘मेरो डान्स कप युएसएको’ चौथो संस्करण र ‘मेरो भ्वाइस कप युएसए’को दोस्रो संस्करण हुँदै
“कुन्ती मोक्तान साँझ “ को मिती परिबर्तन गरिएको बारे
अमेरिकी महिला भकुण्डो टोलीलाई पुरुष टोली सरह तलव दिने
प्रतिक्रिया