सभापतिमा लडछु: नेत्री कोइराला

इनेप्लिज २०७२ साउन २२ गते १४:११ मा प्रकाशित

Sujata-Koiralaपोखरा, २२ साउन । नेपाली काँग्रेसकी केन्द्रीय सदस्य सुजाता कोइरालाले पार्टीको १३ औँ महाधिवेशनमा सभापति पदमा लड्ने इच्छा व्यक्त गर्नुभएको छ ।

नेपाल प्रेस युनियन कास्कीले आज यहाँ आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाँले पार्टीले पदाधिकारीको सङ्ख्या बढाएर धेरै पु¥याए आपूm उपसभापति पदमा पनि चित्त बुझाउने, अन्यथा सभापतिमा लड्ने दृढता व्यक्त गर्नुभयो ।

गाउँ, नगर, जिल्ला, क्षेत्र र केन्द्रीय महाधिवेशनको मिति तोकिए पनि चुनावी माहोल अभैm बनिनसकेको र महाधिवेशन हुने वा नहुनेमा अन्यौल भएकोमा चिन्ता व्यक्त गर्दै नेत्री कोइरालाले संविधान निर्माण र महाभूकम्पको विपत्तिका बीच महाधिवेशन गर्न सकिँदैन भने पार्टीले सबै कार्यकर्तालाई अर्को मिति सार्नेबारे स्पष्ट पार्नुपर्ने बताउनुभयो ।

प्रतिक्रिया