आइतबार, जेठ ३० २०७८
काठमाडौं २२:५७
वासिङटन डिसी 13:12

विषालु च्याउ खाँदा एकै घरका दुईजनाको मृत्यु

इनेप्लिज २०७२ साउन २२ गते १३:२९ मा प्रकाशित

musrumकालीकोट, २२ साउन । सदरमुकामसँगै जोडिएको कालीकोट जिल्लाको बदालकोट गाविस–२ बरातु गाउँमा जङ्गली च्याउ खाँदा एकै घरका दुईजनाको ज्यान गएको छ ।

मृत्यु हुनेमा ४० वर्षीय होइजाली रोकाया र १७ वर्षीया ममता रोकाया रहेको कालीकोट जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बिहीबार वनबाट ल्याएको च्याउको तरकारी बनाएर खाएको केही समयमै होइजालीको मृत्यु भएको थियो भने ममतालाई जिल्ला अस्पताल कालीकोटमा उपचार गराउँदा गराउँर्दै आज बिहान मृत्यु भयो । मृतक दुवैजनाको आज बिहान आफन्तजनले दाहसंस्कार गरेका छन् ।

प्रतिक्रिया