बिहीबार, असार १६ २०७९
काठमाडौं २२:५५
वासिङटन डिसी 13:10

दरखोलामा झोलुङ्गे पुल निर्माण

इनेप्लिज २०७२ साउन २२ गते ४:३० मा प्रकाशित

jholungeबाबियाचौर (म्याग्दी), २२ साउन । म्याग्दीको मुना गाविसस्थित दरखोलामा झोलुङ्गे पुल निर्माण भएको छ ।

फलियागाउँ र दरगाउँको पुछार भएर बग्ने दरखोलामाथि निर्माण भएको उक्त पुलबाट मुना र मुदी गाविसका बासिन्दाका साथै राउन्ड धौलागिरि पदमार्गमा जाने पर्यटक पनि लाभान्वित भएका छन् ।

करिब रु २० को लागतमा ५५ मिटर लामो झोलुङ्गे पुल निर्माण भएको जिविसका सबइन्जिनियर बालकृष्ण पौडेलले बताउनुभयो । उहाँका अनुसार मिलन म्याग्दीको प्राविधिक सहयोगमा जिविस, गाविस, स्वापको आर्थिक सहयोग र समुदायको श्रमदानमा पुल निर्माण भएको हो ।

प्रतिक्रिया