जैन आलोक मुनिको निराहार तपस्या पूरा

इनेप्लिज २०७२ साउन २२ गते ४:०९ मा प्रकाशित

विराटनगर, २२ साउन । जैन गुरु आचार्य महाश्रमणका अनुयायी आलोक मुनिले निराहार तपस्या बिहीबार पूरा गर्नुभएको छ ।

विराटनगरस्थित जैनभवनमा जारी चातुर्मासमा सहभागी जैन मुनिले आठ दिनसम्म निराहार तपस्या गर्नुभएको हो । चार्तुमासको अवधिभर जैनमुनि तथा साधकले निराहार महिनौँसम्म गर्ने गरिएको तपस्याको क्रममा उहाँले लगातार आठ दिनसम्म तपस्या गर्नुभएको हो ।

चातुर्मास आयोजक समितिअन्तर्गतको जनसम्पर्क समितिका प्रमुख तथा सञ्चार संयोजक राकेश सुरानाले चातुर्मासमा सहभागी हुन भारतका विभिन्न स्थानबाट अनुयायी आएका जानकारी दिनुभयो । त्यहाँ दैनिक जैनगुरु आचार्य महाश्रमणले प्रवचन दिइरहनुभएको छ ।

प्रतिक्रिया