उन्नाईस वर्षदेखि फरार अभियुक्त पक्राउ
इलाम, २२ साउन । चोरी मुद्दामा संलग्न रही १९ वर्षदेखि फरार रहेका एक अभियुक्तलाई प्रहरीले बिहीबार घरबाटै पक्राउ गरेको छ ।
पटक–पटक चोरीमा सङ्लग्न आरोपमा छ वर्ष कैद सजाय सुनाइएका सिद्धिथुम्का–७ का ७० वर्षीय सुन्दरसिंह तामाङलाई जिल्ला प्रहरी कार्यालय इलामको विशेष टोलीले घरबाटै पक्राउ गरेको हो ।
जिल्ला अदालतले तामाङलाई २०५३ सालमा पाँच वर्ष ११ महिना कैद सजाय सुनाएको थियो । अदालतको फैसलापछि तामाङ फरार रहेका थिए । पक्राउ परेका तामाङलाई अदालतमा बुझाइएको प्रहरी नायब उपरीक्षक प्रकाश रानाभाटले बताउनुभयो ।
प्रहरीले सञ्चालन गरेको फरार अपराधी पक्राउ अभियानअन्तर्गत साउन महिनायता चोरी, डाँका, चन्दा र वन मुद्दामा संलग्न रहेका चारजनालाई पक्राउ गरिसकेको रानाभाटले जानकारी दिनुभयो । अदालतले दिएको फरारको नामसहितको ठेगानाका आधारमा प्रहरीले फरार अभियुक्तहरुको खोजी अभियान तीव्र बनाएको छ ।
अमेरिकाले युक्रेन राजधानी कीभमा दूतावास पुन: खोल्यो
बाइडेनद्वारा अमेरिकामा शिशुका आहार अभावलाई सम्बोधन गर्न रक्षा उत्पादन ऐन आह्वान
‘मेरो डान्स कप युएसएको’ चौथो संस्करण र ‘मेरो भ्वाइस कप युएसए’को दोस्रो संस्करण हुँदै
“कुन्ती मोक्तान साँझ “ को मिती परिबर्तन गरिएको बारे
अमेरिकी महिला भकुण्डो टोलीलाई पुरुष टोली सरह तलव दिने
प्रतिक्रिया