बारपाकमा पन्ध्र दिनदेखि टेलिफोन अवरुद्ध
गोरखाबजार, २२ साउन । भूकम्पको केन्द्रबिन्दु गोरखाको बारपाक गाउँमा गत १५ दिनदेखि टेलिफोन सेवा अवरुद्ध भएको छ ।
नेपाल टेलिकम र एनसेलको टावरमा समस्या देखिएपछि मोबाइल नेटवर्कमा समस्या देखिएको छ ।
“पन्ध्र दिन भयो मोबाइलमा टावर नभएको, टावर बनाउन कसैले ध्यान दिएका छैनन्”, बारपाक–४ का स्थानीयवासी तेजबहादुर घलेले गुनासो गर्नुभयो ।
बारपाकमा फ्री वाइफाईको सेवा भएकाले सञ्चार क्षेत्रमा केही राहत भएको छ । “घाम लागेको बेला मात्रै इन्टरनेट चल्छ”, उहाँले भन्नुभयो, “पानी प¥यो, बादल, कुहिरो लाग्यो भने इन्टरनेटले काम गर्दैन ।” भूकम्पको केन्द्रबिन्दु भएकाले यहाँका स्थानीयवासी अन्यत्रका भन्दा बढी समस्यामा छन् ।
नेपाल टेलिकम शाखा कार्यालय गोरखाका प्रमुख, सहायक प्राविधिक अधिकृत देवेन्द्रकुमार प्रधानले घाम नलाग्दा सोलार प्यानलबाट ऊर्जा उत्पादन नभएकाले टावर सञ्चालन गर्न नसकिएको जानकारी दिनुभयो ।
“टावर सञ्चालनमा छैन भन्ने हामीलाई जानकारीमा छ”, उहाँले भन्नुभयो, “घाम लाग्यो भने चल्छ, होइन भने मर्मत नगरी चल्दैन ।” बर्खाले गर्दा कर्मचारी पठाउन नसकिएको बताउँदै उहाँले भन्नुभयो, “गाडी जाँदैन, हिँडेर जान सकिँदैन, बर्खा सकिएपछि टावर मर्मत गछौँ ।” गोरखा सदरमुकामबाट ५२ किलोमिटर टाढा बारपाक गाउँ पर्छ ।
भर्जिनिया फेयरफ्याक्समा संदिग्ध हत्या-आत्महत्यामा पुरुष र महिलाको मृत्यु: प्रहरी
म्याकडोनाल्डले रुस पूरै छोड्दै
ट्विटर कानूनी टोलीले इलोन मस्कलाई गोप्य सम्झौता उल्लङ्घन गरेको आरोप
क्यालिफोर्नियाको गिर्जाघरमा गोली चल्दा कम्तीमा १ जनाको मृत्यु ,४ जना गम्भीर घाइते
“नेपाल अमेरिका पत्रकार संघ (नेजा)को आयोजनामा अमेरिकामा रक्तदान सम्पन्न”
प्रतिक्रिया