सिकलसेल एनिमिया रोगका बिरामीको निःशुल्क उपचार हुने

इनेप्लिज २०७२ साउन २२ गते १:४२ मा प्रकाशित

Sikalselनेपालगन्ज, २२ साउन । भेरी अञ्चल अस्पतालले सिकलसेल एनिमिया रोगबाट प्रभावितको निःशुल्क उपचारका लागि आवश्यक व्यवस्था मिलाएको छ ।

सो अस्पतालका प्रमुख चिकित्सक श्यामसुन्दर यादवका अनुसार आर्थिक अभावका कारण रोगको उपचार गर्न नसक्ने पश्चिम नेपालका नागरिकको निःशुल्क उपचारका लागि बढीमा रु एक लाखसम्मको खर्चमा उपचार गर्ने व्यवस्था मिलाएको छ ।

अस्पतालले निःशुल्क उपचार सेवा सुरु गरेपछि त्यस रोगका बिरामी अस्पतालमा आउने क्रम दिनहुँ बढ्दै गएको छ । हालसम्म ८० जनाले उपचार गराइसकेको छ । सो रोगका बिरामीको प्रभावकारी उपचारका लागि अस्पतालले तीन दक्ष चिकित्सकसहितको स्वास्थ्यकर्मीको समेत व्यवस्था गरेको छ भने चाँडै छुट्टै वार्डसमेत सञ्चालन गर्ने तयारीमा अस्पताल जुटेको छ ।

पश्चिम नेपालका तराईका जिल्लामा बसोबास गर्ने आदिवासी थारू समुदायमा सिकलसेलका हजारौँ बिरामी छन् । लामो समयदेखि थारू समुदायका बिरामीमा पेट, छाती, जोर्नी दुख्ने र जन्डिसको जस्तो लक्षण देखिएर उपचारका लागि अस्पतालमा पुग्थे । तर के कारणले बिरामीमा त्यस्ता लक्षण देखिएको हो भन्ने पहिचान नगरी अनुमानका भरमा औषधि उपचार हँुदा हजाराँै बिरामी निको नभए पनि लाखाँै रुपैयाँ खर्च हुँदै आएको थियो ।

कतिपय बिरामी त नेपालगन्ज, काठमाडौँ मात्रै नभएर भारतको दर्जनौँ अस्पतालमा पुगेर जाँच गर्दा पनि निको नहुँदा समस्यामा परेकालाई अस्पतालको सो व्यवस्थाले ठूलो राहत मिलेको छ ।

प्रतिक्रिया