भाउजुको हत्या गर्ने दम्पती पक्राउ
भीमदत्तनगर, २१ साउन । भाउजुसँगको जग्गा विवादका कारण कञ्चनपुरको बेलौरी नगरपालिकामा एक दम्पतीले एकैघरका भाउजुलाई कुटपिट गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
गत शुक्रबार देवर र देउरानीको कुटाइबाट घाइते भएकी बेलौरी नगरपालिका–१० की ५० वर्षीया रामलल्ली बोटको उपचारका क्रममा मृत्यु भएको थियो ।
प्रहरी अनुसन्धानबाट मृतक बोटलाई देवर वीरबहादुर बोट र देउरानी उर्मिला बोटले जग्गा विवादका कारण कुटपिट गर्दा मृत्यु भएको देखिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक किशोर कुमार दाहालले बताउनुभयो ।
“मृतकबाट अंश छिन्न हत्या गरिएको देखिन्छ,” दाहालले भन्नुभयो – “अभियुक्तलाई सर्वस्वसहित कैद हुन सक्छ ।” अभियुक्त बोट दम्पतीलाई प्रहरीले नियन्त्रणमा लिई कारबाही प्रक्रिया अघि बढाइसकेको छ । प्रहरीका अनुसार कुटपिटमा संलग्न थप एकजना फरार रहेको छ ।
चोरीमा ज्वाइँ, छोरी र ससुरा पक्राउ
त्यसैगरी, प्रहरीले केही दिनअघि भीमदत्तनगरको इन्टरनेसनल हायर सेकेन्ड्री स्कुलको चमेनागृह र लोकप्रिय सुनचाँदी पसलमा चोरी गर्ने तीनजनालाई नियन्त्रणमा लिएको छ ।
चोरीमा संलग्न लक्ष्मण सुनार, शारदा लुहार र प्रकाश बोहरालाई नियन्त्रणमा लिइएको हो । प्रहरीका अनुसार लक्ष्मण शारदाका बुबा र प्रकाशका ससुरा हुन् । तीन जनाको समूहले चमेनागृहबाट रु १० हजार नगद र मोबाइल सेट चोरेका थिए भने सुनचाँदी पसलबाट अन्दाजी सात÷आठ तोला सुन चोरेका थिए ।
अमेरिकाको मिनेसोटा राज्यको एक तालमा १ बालक मृत अवस्थामा फेला अन्य २ जना अझै बेपत्ता ,हत्याको शंका
न्युयोर्कका सांसदहरूले सरकारी भवन र विद्यालयमा लुकाएर हतियार बोक्न प्रतिबन्ध लगाउने विधेयक पारित
न्यूयोर्कको लायन्स क्लब अफ क्विन्स बुद्धको अध्यक्ष पदमा बिक्की पुलामी निर्वाचित
फ्लोरिडा राजमार्ग गस्तीद्वारा मानव तस्करीका विभिन्न घटनामा दुई दिनमा दुई जना पक्राउ
अमेरिकाको केन्टकीमा बन्धुकधारीको आक्रमणबाट २ प्रहरीहरुको मृ्त्यु
प्रतिक्रिया