शुक्रबार, माघ १४ २०७८
काठमाडौं २२:४३
वासिङटन डिसी 11:58

बन्दका कार्यक्रम फिर्ता

इनेप्लिज २०७२ साउन २१ गते १३:४२ मा प्रकाशित

सुरुङ्गा (झापा), २१ साउन । राष्ट्रिय जनमुक्ति पार्टीले शुक्रबारका लागि आह्वान गरेको बन्द हड्तालका कार्यक्रम झापामा फिर्ता लिने भएको छ ।

संवाद समूहको सचिवालयले आज बिर्तामोडमा आयोजना गरेको छलफलमा बन्द फिर्ता लिन आग्रह गरेपछि बन्दका सम्पूर्ण कार्यक्रम फिर्ता लिने सहमति भएको पार्टीका जिल्ला अध्यक्ष परशुराम मगरले जानकारी दिनुभयो ।

पार्टीले विसं १८३१ साउन २२ मा नेपालको तत्कालीन लिम्बूवान राज्यलाई षड्यन्त्रपूर्वक ढङ्गले खोसिएको जनाउँदै सो दिनलाई कालो दिनका रुपमा स्मरण गर्दै आएको छ ।

प्रतिक्रिया