अनेरास्ववियुमा नयाँ नेतृत्व

इनेप्लिज २०७२ साउन २१ गते ४:३५ मा प्रकाशित

ANSUचितवन, २१ साउन । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) चितवनको २७ औँ जिल्ला अधिवेशन देवप्रसाद पाठकको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरी सम्पन्न भयो । पाठकले ६२ मत ल्याएर जित हात प्राप्त गर्नुभयो भने उहाँका प्रतिद्वन्द्वी रोहित सुवेदीले ५७ मत ल्याउनुभएको थियो ।

यस्तै उपाध्यक्षमा धिपन भण्डारी, सचिवमा प्रकाश आचार्य, सहसचिवमा विजय बुढाथोकी, विपिन पाठक, सविना चौलागार्इं र कोषाध्यक्षमा अमिनकुमार गुप्ता निर्वाचित हुनुभएको छ ।

नवनिर्वाचित नयाँ कार्यसमितिलाई केन्द्रीय उपाध्यक्ष थोमस बाँस्तोलाले शपथ गराउनुभएको थियो ।
विगत चार वर्षदेखि विवादमा रहेको कुरा सुल्झाएर जिल्ला अधिवेशन गराउन केन्द्रीय कमिटीले ६ सदस्य अध्यक्ष मण्डल पठाएको थियो । बुधबार दिनभर निर्विरोधको प्रयास गरिए पनि सम्भव नभएपछि राति निर्वाचन गरी आज बिहान परिणाम सार्वजनिक गरिएको हो ।

अधिवेशन उद्घाटन सत्रको समेत आयोजना नगरी सोझै निर्वाचन गराएको थियो । अधिवेशनमा जिल्लाभरबाट १२४ प्रतिनिधि सहभागी भएका थिए ।

प्रतिक्रिया