पाँचथरमा भाइरलका बिरामी बढे

इनेप्लिज २०७२ साउन २१ गते ४:२८ मा प्रकाशित

पाँचथर, २१ साउन । बर्खायाम सुरु भएसँगै जिल्ला अस्पताल पाँचथरमा भाइरल बिरामीको सङ्ख्या बढेको छ ।

रुघाखोकी, ज्वरो आउने, टाउको दुख्ने र पखालाको सङ्क्रमण बढेपछि श्ययाको अभावमा बिरामीलाई भुइँमै राखेर उपचार गर्नु परेको जिल्ला अस्पतालका निमित्त स्वास्थ्य प्रमुख यादवले बताउनुभयो ।

पैत्तीस श्ययाको जिल्ला अस्पतालको वहिरङ विभागमा मात्रै दैनिक सयभन्दा बढी र आकस्मिक कक्षमा ८० भन्दा बढी नै बिरामी आउने गरेको जानकारी उहाँले दिनुभयो ।

प्रतिक्रिया