ट्र्याक्टरबाट लडेर बालकको मृत्यु

इनेप्लिज २०७२ साउन २१ गते ४:२७ मा प्रकाशित

गौशाला, २१ साउन । महात्तरीको इटहर्वाकट्टी गाविसमा बुधबार ट्र्याक्टरबाट लडेर एक बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मनराकट्टी गाविस–६ बस्ने ललिन्द्र सदाका ११ वर्षीय छोरा रामनाथ सदा रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । जिल्लाको सोनौल गाविसबाट माटो लिएर आइरहेको ट्र्याक्टरको माटोमाथि बसेको बालक सदा ट्र्याक्टरबाट लडेपछि उनको घटनास्थलमा नै मृत्यु भएको प्रहरी नायब उपरीक्षक लोकेन्द्र श्रेष्ठले बताउनुभयो ।
बालकको शवपरीक्षणका लागि जिल्ला अस्पताल जलेश्वरमा ल्याइएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

प्रतिक्रिया