हिउँचितुवाको अध्ययन केन्द्र बन्दै नमखुलेक
मुस्ताङ, २१ साउन । हिमाली जिल्ला मुस्ताङको जोमसोम गाविसमा पर्ने नमखुलेक दुर्लभ मानिएको हिउँचितुवाको अध्ययन केन्द्र बन्दै गएको छ ।
वन्यजन्तु संरक्षणको क्षेत्रमा कार्यरत स्वदेशी तथा विदेशी सङ्घसंस्थाले हिउँचितुवाको विषयमा नमखुलेकमा आएर अध्ययन गर्न थालेपछि त्यसलाई स्थानीय ‘हिउँचितुवा’को राजधानी घोषणा गर्न माग गरेका छन् । यो याममा नेपालसहित अमेरिका, जापान र अस्ट्रेलियाबाट चारवटा समूहले यही क्षेत्रमा हिउँचितुवाको अध्ययन गरेको जोमसोम ठिनीका स्थानीय युवा निरज थकालीले जानकारी दिनुभयो ।
“विशेष प्रकारको क्यामेरा लिएर उनीहरु यो क्षेत्रमा एक हप्तासम्म बस्छन्, हिउँचितुवा नजिकै नदेखे पनि क्यामेराका सहायताले पूरै अध्ययन गर्छन्”, उहाँले भन्नुभयो । उच्च हिमाली क्षेत्रमा पाइने हिउँचितुवा लोभ हँुदै जान थाले पनि नमखुलेक आसपासका क्षेत्रमा करिब ५० भन्दाभन्दा बढी देखिएको अध्ययनकर्ताले बताएका छन् ।
जिल्ला सदरमुकाम जोमसोमदेखि ठिनी हुँदै नमखुलेक पुग्न सकिन्छ । त्यहाँसम्म पुग्न स्थानीयवासीले सामान्य पदमार्ग निर्माणसमेत गरेका छन् । उक्त लेकमा स्थानीयवासीले चौँरीगाईसमेत पाल्दै आएका छन् । वातावरणीय असन्तुलनका कारण पछिल्लो समय हिउँचितुवाको सङ्ख्यामा कमी आएको वन्यजन्तु संरक्षणविद्ले बताउँदै आएका छन् । “अध्ययनकर्ताले क्यामेरा ट्र्यापिङमा राखेर बसेका हुन्छन्, त्यसले पूरै तस्बिर लिन्छ अनि त्यसको अध्ययन हुन्छ”, थकालीले भन्नुभयो । नमखुलेक आसपासमा प्रशस्त चरण क्षेत्र, ओडार र उचित हावापानीका कारण हिउँचितुवाको सङ्ख्या बढ्दै गएको बताइएको छ ।
क्यालिफोर्नियामा नेपाली मूलकी होनहार युवती मनसुन पाण्डेको अल्पायुमै निधन
न त मलाई कुर भन्न सके,नत उनलाई अन्तै घरजम गर भन्न सके
बाल्टिमोरमा नेपालीले संचालन गरेको नेपाली सरसामान पाइने थोक व्यवसाय यत्र तत्र सर्वत्र चर्चा
अमेरिकी नेपाली: इँजार चुढिएको सुरुवाल जस्तो
नेपाल अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव कार्यक्रममा लिइएका तस्बिरहरु – तस्बिर :राजीव श्रेष्ठ
साधारण सभाको लागि रजिस्ट्रेशन गर्ने बारे ..।
अमेरिकामा बिगत २४ घण्टामा कोभिड-१९ बाट १ लाख ८ हजार संक्रमित ,३७७ जनाको मृत्यु
भर्जिनियामा बच्चालाई गाडीमा छोड्दा बच्चाको मृत्यु ,केही घण्टा पछि बाबुले आत्महत्या गरे
अमेरिकाको टेक्ससराज्यमा मानव तस्करीको घटनामा सवारी साधन भित्र ४६ जना आप्रवासी मृत अवस्थामा फेला
अमेरिकी राष्ट्रपति वाइडेनसँग राजदूत खत्रीको अर्थपूर्ण भेट
प्रतिक्रिया