‘बाटो बिराएको देश’ निबन्ध सङ्ग्रह लोकार्पण
इनेप्लिज
२०७२ साउन २१ गते २:०७ मा प्रकाशित
काठमाडौँ, २१ साउन । वरिष्ठ साहित्यकार पूर्ण ओलीद्वारा लिखित ‘बाटो बिराएको देश’ नामक निबन्ध सङ्ग्रहको हिजो यहाँ लोकार्पण गरियो ।
निबन्ध सङ्ग्रहमा कर्तव्य र जिम्मेवारी बोधजस्ता १२७ वटा रचना रहेका छन् ।
निबन्ध सङ्ग्रहको लोकार्पण गर्दै वरिष्ठ साहित्यकार कमलमणि दीक्षितले साहित्यकारले देश र जनतालाई राम्रो मार्गदर्शन दिनुपर्ने भएकाले आफूहरुले सिर्जना गर्ने रचना जनताको दुःख र कष्ट उजागर हुने खालको हुनुपर्नेमा जोड दिनुभयो ।
नेपाल प्रज्ञा–प्रतिष्ठानका उपकुलपति विष्णुविभु घिमिरेले देशको कला, संस्कृति र समानताको पक्ष सिर्जना हुने लेख र रचना मात्र सफल हुने धारणा व्यक्त गर्नुभयो ।
अमेरिकाको मिनेसोटा राज्यको एक तालमा १ बालक मृत अवस्थामा फेला अन्य २ जना अझै बेपत्ता ,हत्याको शंका
न्युयोर्कका सांसदहरूले सरकारी भवन र विद्यालयमा लुकाएर हतियार बोक्न प्रतिबन्ध लगाउने विधेयक पारित
न्यूयोर्कको लायन्स क्लब अफ क्विन्स बुद्धको अध्यक्ष पदमा बिक्की पुलामी निर्वाचित
फ्लोरिडा राजमार्ग गस्तीद्वारा मानव तस्करीका विभिन्न घटनामा दुई दिनमा दुई जना पक्राउ
अमेरिकाको केन्टकीमा बन्धुकधारीको आक्रमणबाट २ प्रहरीहरुको मृ्त्यु
प्रतिक्रिया