विद्यार्थीलाई निशुल्क टिपिएस सेवा

इनेप्लिज २०७२ साउन २० गते १७:५१ मा प्रकाशित

bidesh bidarthiएभरेष्ट टाइम्स

न्युयोर्क— युनाइटेड नेपालिज स्टुडेन्ट अर्गनाइजेसनले न्युयोर्कमा अध्ययनरत विद्यार्थीहरुको लागी निशूल्क टिपिएस भर्ने सेवा प्रदान गरेको छ । नेपाली विद्यार्थीहरुको सस्था अर्गनाइजेसनले अगष्ठको २ तारिखदेखिन हरेक आइतबार यो सेवा दिन लागेको सस्थाको अध्यक्ष विजयमान सिंहले एभरेष्टटाइम्सलाई बताए । विद्यार्थीहरुको सस्थाको उद्धेस्यलाई सघाउ पुर्‍याउनका लागी निर्मल प्रधानले ज्याक्सनहाइटस्थित आफनो कार्यालयबाट सहयोग गर्न लागेको छ ।

अध्ययनमा रहेका विद्यार्थीहरुको लागी दिन लागेको यो निशुल्क सेवा लिन सवै विद्यार्थीहरुलाई अध्यक्ष सिंहले सम्पर्क गर्न अनुरोध गरेको छ । ज्याक्सनहाइटस्थित ब्रोडवेको फोर्टिवान एभिन्युस्थित प्रधानको कार्यालयमा उक्त सेवा आइतबार विहानदेखि वेलुकीसम्म हुने भएको छ ।

‘ अध्ययन गर्न आएका विद्यार्थीहरुको लागी भनेरनै निशुल्क यो सेवा दिन लागेको हो’ निर्मल प्रधानले भने—’ काम गर्नेहरुले शुल्क लागेपनि उनीहरु पढने विद्यार्थी भएकोले यो सेवा दिन लागेको हो ‘ । विद्यार्थीहरुको लागी टिपिएस भर्न सस्थाले सस्थाको सदस्यता रसिद, मिति भएको पासपोर्ट,भिषा, आइनाइटिफोर र एफ वानमा रहेको विद्यार्थीको कागजपत्र आवश्याक पर्ने अध्यक्ष सिंहले बताए ।

प्रतिक्रिया