नौ नक्कली परीक्षार्थी पक्राउ
जुम्ला, २० साउन । आजदेखि सुरु भएको एसएलसी पूरक परीक्षामा जुम्लाको जनता माध्यमिक विद्यालय महतगाउँ केन्द्रबाट अर्काको नामबाट परीक्षा दिँदै गरेका नौजना नक्कली परीक्षार्थीलाई पक्राउ गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी दिपेन्द्रराज पौडेल नेतृत्वको एसएलसी परीक्षा समन्वय समितिले परीक्षार्थीको प्रवेशपत्र जाँच गर्दा नौ नक्कली परीक्षार्थी भेटिएको जिल्ला शिक्षा कार्यालय जुम्लाका विद्यालय निरीक्षक टोपबहादुर बुढाले जानकारी दिनुभयो । पक्राउ पर्नेमा आठ पुरुष र एक महिला छन् ।
समातिएका सबै परीक्षार्थीहरुलाई पुनः यस्ता गल्ती नदोहो¥याउन चेतावनी दिँदै सामान्य सजायस्वरुप पहिलो पटकलाई एकरात हिरासतमा राखिएको समन्वय समितिका अध्यक्ष तथा प्रजिअ पौडेलले बताउनुभयो ।
शिक्षा ऐनअनुसार अर्काको नामबाट परीक्षा दिने परीक्षार्थीलाई रु एक लाख जरिवाना र छ महिना कैद वा दुवै सजाय हुने व्यवस्था छ ।
अमेरिकाको मिनेसोटा राज्यको एक तालमा १ बालक मृत अवस्थामा फेला अन्य २ जना अझै बेपत्ता ,हत्याको शंका
न्युयोर्कका सांसदहरूले सरकारी भवन र विद्यालयमा लुकाएर हतियार बोक्न प्रतिबन्ध लगाउने विधेयक पारित
न्यूयोर्कको लायन्स क्लब अफ क्विन्स बुद्धको अध्यक्ष पदमा बिक्की पुलामी निर्वाचित
फ्लोरिडा राजमार्ग गस्तीद्वारा मानव तस्करीका विभिन्न घटनामा दुई दिनमा दुई जना पक्राउ
अमेरिकाको केन्टकीमा बन्धुकधारीको आक्रमणबाट २ प्रहरीहरुको मृ्त्यु
प्रतिक्रिया